नेपालमा कोरोनाका कारण एक शिशुको निधन, थप ४ सय ७३ संक्रमित

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप एक शिशुको निधन भएको छ ।

म्याग्दी जिल्ला धौलागिरी नगरपालिकाको वडा नम्बर ४ का ४९ दिनका शिशुको असार १७ गते साँझ काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन्  ।

घाँटीमा समस्या देखिएपछि असार ९ गते अस्पताल भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो   ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ७३ जनामा  कोरोना संक्रमण देखिएको छ ।

यसैगरी नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार ५ सय १९ पुगेको   मन्त्रालयले जानकारी दिएको छ  ।

जसमध्ये १ सय ९ महिला र ३ सय ६४ पुरुष रहेका छन् । गएको २४ घन्टामा ४ हजार ५ सय ३७ जनामा कोरोनाको परीक्षण गरिएको छ ।

हालसम्म कूल २ लाख ३७ हजार ७ सय ६४ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तेस्तै बिहीबार ६ सय ६४ जना डिस्चार्ज भएर घर फर्किएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित