हंगकंगका ३० लाख नागरिकले बेलायतको नागरिकता पाउने

लन्डन । हंगकंगमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकाहरुसहित झन्डै ३० लाख नागरिकले  ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् ।

पूर्व ब्रिटिश उपनिवेश रहेको हंगकंगमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताको बारेमा प्रधानमन्त्री बोरिस जोन्सनले चासो व्यक्त गरेका छन् । प्रधानमन्त्रीका अनुसार शुरुमा उनीहरुलाई बेलायतमा बस्न र काम गर्न पाउने अधिकार दिइनेछ, त्यसपछि  उनीहरुले नागरिकता (सिटिजनसिप) को लागि आवेदन दिन सक्नेछन्।

यसबारेमा बेलायतका विदेशमन्त्री  डोमिनिक राबले सांसदहरुलाई विस्तृत रुपमा जानकारी गराएका छन् । बेलायतको पूर्व उपनिवेश रहेको हंगकंगलाई सन् १९९७ पछि  त्यहाँको स्वायत्ततामाथि जोखिम पुर्याएको र कानूनी दायित्वको उल्लंघन गरेको भन्दै राबले बेइजिंगलाई चेतावनी दिएका छन् । तर चीनले भने आफ्नो आन्तरिक मामला भन्दै अन्तरराष्ट्रिय रुपमा गरिने आलोचनालाई अस्विकार गर्दै आएको छ ।

जुलाई १ तारिखबाट हंगकंगले सुरक्षासम्बन्धी नयाँ कानून लागू गरेको छ । उक्त नयाँ कानून विद्रोही तथा आतंकवादी गतिविधीमा  संलग्न हुनेमाथि लक्षित छ ।  नयाँ व्यवस्थाले ‘एक देश, दुई प्रणाली’ अन्तर्गत सन् १९८५ मा बेलायत र चीनबीच गरिएको संयुक्त हस्ताक्षरसहितको सम्झौताको उल्लंघन भएको बताइएको छ । जुन सम्झौताअनुसार कम्तिमा ५० वर्ष सम्म केहि निश्चित स्वतन्त्रतालाई सुरक्षित कायम राख्नुपर्ने उल्लेख छ ।

हंगकंगमा झन्डै ३ लाख ५० हजार जति ‘ब्रिटिश नेशनल ओभरसिज’ (बिएनओ) पासपोर्ट होल्डरहरु छन् । उनीहरुबाहेक अन्य २६ लाख मानिसहरु पनि ब्रिटिश सिटिजनसिपको सुविधाका लागि लागि योग्य ठहरिनेछन् । वर्तमान अवस्थामा सबैले ६ महिनाको लागि बेलायत प्रवेश गर्न पाउनेछन्  ।

सन् १९८० मा विशेष व्यवस्थासहितको ब्रिटिश नेशनल ओभरसिज( बिएनओ) पासपोर्ट प्रदान गरिएको थियो । तर हाल त्यस्ता पासपोर्ट होल्डरका सबै सुविधा कटौती गरेर ६ महिनासम्मको लागि बेलायत प्रवेश गर्न पाउने सुविधामा  मात्र सिमित गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक