यूरोपमा थप १४ राष्ट्रका लागि खुला

काठमाडौं, असार १६ गते । यूरोपेली संघले १४ राष्ट्रका पर्यटकका लागि सीमा खुला गरेको छ । सूचीमा अमेरिकी पर्यटकले अझै कम्तिमा दुई साता पर्खिनुपर्ने संघले जनाएको छ । अमेरिकामा कोरोना सङ्क्रमणको रफ्तार बढिरहँदा यूरोपेली संघले अमेरिकी नागरिकको यूरोप भ्रमणमा लगाएको प्रतिबन्ध यथावत राखेको छ ।

विश्वका अन्य ठूला राष्ट्रहरु रुस, ब्राजिल र भारतीय नागरिकले पनि तात्काल यूरोप भ्रमण गर्न पाउने छैनन् । कोरोनाभाइरस सङ्क्रमणले आर्थिक स्थिति नराम्ररी प्रभाबित भएको ग्रीस, इटाली र स्पेनले भने अन्तर्राष्ट्रिय पर्यटन सञ्चालनका लागि दबाब दिदै आएको छ ।

वार्षिकरुपमा औसतमा एक करोड ५० लाखभन्दा बढी अमेरिकी नागरिक यूरोपे भ्रमण गर्दै आएका छन् । करीब एक करोड यूरोपेली नागरिक अमेरिका भ्रमण गर्ने गरेका छन् ।

त्यसैगरी, यूरोपेली संघले चिनियाँ नागरिकको आगमन खुला हुनुभन्दा अघि चीनले यूरोपेली नागरिकको आगमन खुला गर्नुपर्ने शर्त राखेको छ ।

संघले प्रत्येक १४ दिनमा यूरोप भ्रमण गर्न पाउने राष्ट्रको सूची अद्यावधिक गर्दै आएको छ । यूरोपेली संघ अन्तगर्तका २७ राष्ट्रसँगै थप गरिएको १४ राष्ट्रमा अल्जेरिया, अष्ट्रेलिया, क्यानाडा, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, न्युजिल्याण्ड, रुवाण्डा, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र ऊरुग्वे रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित