भारतमा टिकटक लगायतका ५९ मोबाइल एप्लिकेशनमा प्रतिबन्ध

भारत सारकारले सर्वाधिक लोकप्रिय मोबाइल एप्लिकेशन ‘टिकटक’ लगायतका ५९ वटा एप्लिकेशनहरुमाथि प्रतिबन्ध लगाएको छ । भारत र चिनियाँ सेनाबीच लद्दाख र चीन जोड्ने सीमा क्षेत्र ‘लाइन अफ एक्च्युल कन्ट्रोल’मा हिंसात्मक झडप भएको दुई सातापछि भारतले चीनसँग सम्बन्धित ‘मोबाइल एप्लीकेशनमाथि प्रतिबन्ध लगाएको हो ।

भारतको सूचना प्रविधि मन्त्रालयले सूचना प्रबिधि ऐन, २००९ को अनुच्छेद ६९ ‘ए’को अधिकार प्रयोग गरी उक्त निर्णय गरेको छ । सो धारामा भारत सरकार वा उसका कुनै पनि अधिकार प्राप्त सरकारी पदाधिकारीलाई भारतको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय सुरक्षा, छिमेकीहरुसँगको सम्बन्ध तथा जनजीवनमा खलल पार्ने खालका लागेमा त्यस्ता कुराहरुमाथि प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ ।

भारतमा मात्रै टिकटकका १० करोड सक्रिय प्रयोगकर्ताहरु रहेको बताइएको छ । टिकटकलगायतका मोबाइल एप्लिकेसनहरुमा प्रतिबन्ध लगाइएपछि भारतमा हज्जारौं भारतीयहरुले जागिर गुमाउने खतरा पैदा भएको छ ।

भारतमा टिकटक, शेयर इट, वी च्याट, वेइबो, क्वै, यूसी ब्राउजर, शैन, क्लेश अफ किंग, डीयू बैटरी सेभर, हेलो, लाइकी, भाइरस क्लिनर, सी एम ब्राउजर, रोम्वे, क्लब फैक्ट्री लगायतका मोबाइल एप्लिकेसनहरुमा प्रतिबन्ध लगाइएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित