काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या १३ हजार २ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १२ महिला र ३ सय ६४ जना पुरुष गरि देशभर थप ४ सय ६८ जनामा कोरोना सङ्क्रमित थपिएको छ ।
गएको २४ घन्टामा १ सय १२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिंगमा जानकारी दिएका छन् ।
योसंगै हालसम्म नेपालमा ३ हजार १ सय ३४ जना डिस्चार्ज भएका छन् ।
थप एक पुरुषको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
स्वासप्रस्वासको समस्याबाट ग्रसित रौतहट निवासी ती पुरुषको ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो ।
सोहि दिन सांझ उनको निधन भएको थियो । हिजोमात्रै उनलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।