आज असार १५ अर्थात धान दिवस जसलाई दहीचिउरा खाने दिनको रुपमा पनि मान्ने गरिन्छ । हाम्रो देशमा हरेक वर्ष असार १५ मा धान रोप्ने दिनको अवसर पारी दहीचिउरा खाने गरिन्छ । असार १५ मा दहीचिउरा खानाले गति परिन्छ भन्ने परम्परा रहँदै आएको छ । चिउरा कार्बोहाइड्रेडको स्रोत भएकोले दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिने भएकोले स्वास्थ्यको दृष्टिकोणले पनि दहीचिउरा खानु उत्तम मानिन्छ । असारको समय खेतिपातीको समय भएकोले कृषि पेशा अगाल्ने हरुको लागि निकै नै महत्वपूर्ण हुने गर्दछ । तेसैले मानो खाएर मुरी उब्जाउने समय भन्ने गरिन्छ । ‘असारको १५ मा दहीचिउरा खानु , साउनको १५ मा खिर’ भन्ने भनाइ पनि रहँदै आएको छ । मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ । आजको दिनमा अधिकांश नेपाली खेत खेतमा भेटिन्छन् । वि.स. २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउदै आईएको हो भने दहीचिउरा खाने प्रचलन भने निकै पहिला देखि नै चल्दै आएकोछ । सामाजिक संजालको बढ्दो प्रचलनले गर्दा नेपाली समाजमा परम्परागत रुपमा मान्दै आएका चाडपर्व र प्राचिन गतिविधिहरु पनि समाजमा मौलाउदै गएको पाइन्छ ।
फोटो साभार अनलाईन
आज असारको पन्ध्र,दहीचिउरा खाने दिन
आज असारको पन्ध्र,दहीचिउरा खाने दिन
"वि.स. २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउदै आईएको छ "

तपाईको प्रतिक्रिया