आज असारको पन्ध्र,दहीचिउरा खाने दिन

आज असार १५  अर्थात धान दिवस जसलाई  दहीचिउरा खाने दिनको रुपमा पनि मान्ने गरिन्छ । हाम्रो देशमा हरेक वर्ष असार १५ मा धान रोप्ने दिनको अवसर पारी दहीचिउरा खाने गरिन्छ । असार १५ मा दहीचिउरा खानाले गति परिन्छ भन्ने परम्परा रहँदै आएको छ । चिउरा कार्बोहाइड्रेडको स्रोत भएकोले दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिने भएकोले स्वास्थ्यको दृष्टिकोणले पनि दहीचिउरा खानु उत्तम मानिन्छ । असारको समय खेतिपातीको समय भएकोले कृषि पेशा  अगाल्ने हरुको लागि निकै नै महत्वपूर्ण हुने  गर्दछ  । तेसैले मानो खाएर मुरी उब्जाउने समय भन्ने गरिन्छ । ‘असारको १५  मा दहीचिउरा खानु , साउनको १५ मा खिर’ भन्ने भनाइ पनि रहँदै आएको छ । मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ । आजको दिनमा अधिकांश नेपाली खेत खेतमा भेटिन्छन् । वि.स. २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउदै आईएको हो भने दहीचिउरा खाने प्रचलन भने निकै पहिला देखि नै चल्दै आएकोछ । सामाजिक संजालको बढ्दो प्रचलनले गर्दा नेपाली समाजमा परम्परागत रुपमा मान्दै आएका चाडपर्व र प्राचिन गतिविधिहरु पनि समाजमा मौलाउदै गएको पाइन्छ ।
फोटो साभार अनलाईन

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित