काठमाडौँ । गएको २४ घन्टामा नेपालमा थप १ सय २० महिला र ४ सय ३४ पुरुष गरि ५ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ३ सय ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित शनिबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।
यसैगरी गएको २४ घन्टाभित्र थप एक जना पुरुषको निधन भएको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाको सक्रमणबाट मृत्यु हुनेको सख्या २८ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । मृतक फोक्सोको क्यान्सर रोगका पीडित रहेको जनाइएको छ । यसैगरी थप १ सय ३६ जना डिस्चार्ज भएका छन् ।
हालसम्म कूल २ हजार ८ सय ३४ जना निको भएर घर फर्किएका छन् । रसुवा जिल्लामा पनि ९ जनामा कोरोना संक्रमण देखिएपछि नेपालको ७७ वटै जिल्ला कोरोना संक्रमित भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट कुल मृत्यु हुनेको संख्या २८ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।