बेलायतबाट दोस्रो लटमा ८३ जना नेपाली स्वदेश फर्किए

लण्डन । विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु आज दोस्रो पटक चार्टर फ्लाइटबाट नेपालका लागि उडेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब ८३ जना नेपालीहरु बेलायतको ग्याटवीक एअरपोर्टबाट शुक्रबार दिउँसो नेपालका लागि उडेका हुन् ।

नेपाली राजदूतावास लन्डन र गैर आवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एअरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा यस अघि पनि १ सय ४६ जना नेपालीहरुलाई स्वदेश फ़र्काइसकिएको छ ।

करिब ५ सय जना नेपालीहरुले स्वदेश फर्किन आवेदन दिएको भएपनि प्लेन भाडा महँगो भएका कारण धेरैले मनस्थिति परिवर्तन गरेको गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुंगले जानकारी दिईन ।

नेपाल फर्कनेहरुको विदाइका लागि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, त्रीतीय सचिव तेजेन्द्र रेग्मी, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, जजिरा एयरवेजका  लागि नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेन लगायत बेलायतस्थित सामाजिक संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए ।

दुईवटा फ्लाइटबाट २ सय २९ जना नेपालीलाई नेपाल पठाउन सफल भएकोमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले खुसि व्यक्त गरेका छन् ।

उनीहरु शनिबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । भिसा अवधि सकिएका , नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित