काठमाडौं । नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु भएको छ । गत असार ११ गते राप्तीमा अचेत अवस्थामा फेला परेकी अन्दाजी २५/३० वर्षे महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोहि दिन उनको स्वाब संकलन गरेको र असार १२ गते उनलाई कोरोना पोजिटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
गएको २४ घन्टाभित्र नेपालमा थप ५ सय ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ ।
नयाँ संक्रमितमा १ सय ७ महिला र ४ सय ८६ जना पुरुष रहेको प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका हुन् ।
यस्तै गएको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६ सय ९८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालका ७७ जिल्लामध्य हालसम्म देशका ७६ जिल्लामा कोरोनाको संक्संरमण क्रमण देखिएको छ । अहिलेसम्म रसुवा जिल्लामा मात्र कोरोनाको संक्रमण देखा परेको छैन ।