जोन्सन एन्ड जोन्सनविरुद्ध अमेरिकी अदालतद्वारा दुई अर्ब डलरको जरिवाना

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिवाना भुक्तानी गर्न आदेश दिएको छ ।

यद्यपि मिजौरी पुनरावेदन अदालतले जरिवानाको अङ्कलाई आधा घटाएर फैसला सुनाएको थियो । प्रारम्भिक मुद्दामा करिब चार अर्ब ४० करोड जरिवाना मागदाबी गरिएको थियो । अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउनसक्ने तत्त्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ ।

अदालतको आदेशमा टेलकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सनविरुद्ध मुद्दा दायर गरिएको प्रसङ्ग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिवानालाई दाँज्न नसकिने जनाएको छ ।

सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौँ लाख अमेरिकी डलर जरिवाना तिराएको थियो ।

गत महिना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो, तर कम्पनीले विश्वका अरु देशमा भने यसको बिक्री यथावत राख्ने जनाएको छ ।

तर जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेशविरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने जानकारी दिएका छन्  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित