दुई लाख रुपैयाँको एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कारको स्थापना

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशीको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ । एनआरएन आइसीसीको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

शनिवार सम्पन्न समितिको बैठकले पुरस्कारको लागि आवश्यक नीति,नियमावली र श्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सह-अध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिएको छ। प्रवासमा रहेका गैर आवासीय नेपालीहरुले प्रकाशन गरेको उत्कृष्ठ कृतिलाई नगद राशीसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गरिने संयोजक पन्तले जानकारी दिएका छन् ।

पुरस्कारका संयोजक पन्तले पाँच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी गराए । समितिका अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको शनिवारको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रुपमा मनाउन विश्वका सबै नेपाली भाषा,साहित्यसंग सम्बन्धित संघ,संस्था र साहित्यप्रेमीहरुलाई आव्हान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ ।

भानु जयन्ती असार २९ गते पर्दछ । समितिको दोश्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल (अमेरिका) लाई समितिको संचार संयोजक मनोनित गरेको छ। यसैगरी समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाईन साहित्यिक कार्यक्रम ‘प्रवास-प्रवाह’को सह-संयोजकमा समितिका सदस्य नृपेश उप्रेती (बेलायत) र सदस्यहरुमा विकास विष्ट (अमेरिका) र निमेष गिरि (युएइ)लाई मनोनयन गरेको छ।

दुई महिना पहिले (अप्रिल) मा गठन भएको यो समितिको गत महिना सम्पन्न पहिलो बैठकले गैर आवासीय नेपाली नियात्रा संग्रह,गजल संग्रह र प्रवासमा रहेका नेपाली लेखक/साहित्यकारहरुको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ।

यी विषयमा पनि समितिको दोश्रो बैठकमा हालसम्म भएका उपलब्धि बारे समीक्षा र छलफल भएको थियो। बैठकमा विशेष आमन्त्रितका रुपमा सहभागी भएका समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले बिदेशमा नेपाली भाषा र साहित्यको प्रबर्द्धन गर्न मिलेर जानूपर्नेमा जोड दिए ।

प्रज्ञा प्रतिष्ठान संघले गर्ने सबै कार्यक्रमहरुलाई सहयोग गर्न तयार रहेको उप्रेतीले बताए  । त्यसैगरि बैठकमा समितिका सल्लाहकार एब संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सन २०१३ मा संघ र प्रज्ञा प्रतिष्ठानबीच भएको सहमति अनुसार प्रवासमा नेपाली साहित्यको प्रबर्द्धन गर्न कार्य अगाडि बढाउनु पर्नेमा जोड दिए  ।

बैठकमा समितिका सल्लाहकार रमेश पौडेल ( नेपाल ),सहअध्यक्षहरु महेश्वर पन्त (अमेरिका), हरि पौडेल ( युरोप ) , बेलु काजी थापा ( एशिया ) र निश्चल पि एस लिम्बू ( मध्यपुर्व) को उपस्थिति रहेको थियो । त्यसैगरि सदस्यहरु गौतम दाहाल ( अमेरिका) , तिर्थ सङ्गम राई ( कतार), नृपेश उप्रेती ( बेलायत ) र कृष्ण कुसुम ( अमेरिका) को सहभागिता रहेको थियो । बैठकको संचालन सदस्य सचिव भगवती बस्नेतद्वारा गरिएको थियो ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित