लन्डन । बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजीएनएस) युकेले रुकुमको सानी भेरी गाउपालिका- ३ मा सोमबार ४० घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र २ पोका नुन प्रदान गरेको हो ।
आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीका अनुसार उक्त खाद्यान्न वितरण अनलाइन जुम मार्फत लाइभ कार्यक्रम पनि आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) का सचिव एबम आरजीएनएसका उपाध्यक्ष जीत रानाभाटले जुम कन्फ्रेन्स मार्फत उक्त कार्यक्रम सञ्चालन गरेका थिए।
आरजिएनएसका ४६ जना सदस्यहरुबाट सहयोग संकलन गरिएको रकम सही ठाउँमा जाओस भन्नका लागि ब्रिटिस र नेपाली सांसदलाई साक्षी राखेर राहत वितरण गरिएको रानाभाटले बताए ।
उक्त राहत बितरण कार्यक्रमका प्रमुख अतिथि नेपालमा रुकुम बाट रास्ट्रिय सभामा प्रतिनिधित्व गर्नुहुने माननीय साम्सद ठगेन्द्रप्रकाश पुरीले कोरोनाको कहर बिरुद्दको लडाईमा स्वदेश र बिदेशमा रहनुहुने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताउदै विषम परिस्थितिमा राहत प्रदान गरेर सस्थाले उच्च मानबिय काम गरेको बताए। कार्यक्रमका विशिष्ट अतिथि बेलायतको इरिथ एन्ड थेम्समीडका सांसद अबेना ओपेङ असरेले कोरोनाको महामारी बिरुद्धको लडाइँमा बेलायत सधै नेपाल र नेपालीहरुको साथमा रहने प्रतिबद्धता ब्यक्त गरेकी थिइन्।
उन्ली आरजीएनएसले ब्रिटिश समाज र नेपाली समुदाय माझ गरिरहेको कार्यको प्रशंसा गर्दै आफु बिगतमा झैँ आगामी दिनमा पनि सहकार्य गर्न तत्पर रहेको बताइन।कोभिड–१९ बाट विचलित नभइ आफू जन्मेको देशलाई राहत वितरण गर्ने कार्यक्रममा आफूलाई सहभागी गराउँदा खुशी लागेको बताउदै आरजीएनएस लाइ धन्यबाद ब्यक्त गरिन ।
सानी भेरी गाउपालिकाका वडा नम्बर-३ का वडा अध्यक्ष बिर्ख बहादुर बिष्टले राहत बितरण गर्ने सस्था र सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गरेका थिए । राहत बितरणको संयोजन नेपाली वेल फेयर सोसाइटी युकेका धन बहादुर सार्कीले गरेका थिए ।
आरजीएनएस महासचिब मञ्जु भण्डारीले हाम्रो सानो सहयोगले कसैको मुहार किन उज्यालो नपार्ने भन्ने अभियानमा हाम्रो संस्थाले सहयोग गरेको बताउदै स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रममा बेलायतबाट एनआरएनए आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरुङ, सस्थाका पूर्व अध्यक्ष हरि गोबिन्द गुरुङ , प्रमुख सल्लाहकार मोहन गुरुङ, सल्लाहकारहरु श्याम शेरचन, एनआरएन इंगल्याण्डका अध्यक्ष दिपक श्रेष्ठ, योगेस गुरुङ, ह्यारी गुरुङ, पत्रकार शिव भण्डारी तथा तमु समाज युकेका अध्यक्ष शिबचन्द्र गुरुङ, नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समिति कार्यकारी निर्देशक डा. बुद्धि नेपाली लगायतले जुम मार्फत सम्बोधन गरेका थिए।
कार्यक्रमको अन्त्यमा आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीले सहयोगी तथा राहत वितरणमा सहभागी सबैलाई धन्यबाद ब्यक्त गरेकी थिइन्।