ब्राजिल । पछिल्लो समयमा कोरोना भाइरस (कोभीड १९) महामारीको चपेटामा ब्राजिल परेको छ । विश्वभर कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकहरुमा अमेरिकापछी ब्राजिल बनेको छ ।
गएको २४ घन्टाको तथ्याँक अनुसार दोस्रो स्थानमा रहँदै आएको बेलायतलाई ब्राजिलले पछी पारेको छ ।
पछिल्लो तथ्याँक अनुसार ब्राजिलमा ४१ हजार ९ सय १ जनाको निधन भैसकेको छ भने बेलायतमा ४१ हजार ४ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।
ब्राजिलमा हालसम्म ८ लाख ३० हजार मानिसहरु कोरोनाबात संक्रमित भैसकेका छन् । हालसम्म विश्वभरिमा कोरोनाको संक्रमणबाट ४ लाख २८ हजार भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ ।
कोरोनका कारण अमेरिकामा मात्र १ लाख १६ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ ।