बेलायतबाट नेपाल फर्किन चाहनेको संख्या ४ सय २० पुग्यो

लण्डन । बेलायतबाट नेपाल फर्किन चाहनेको संख्या थपिएर ४ सय २० पुगेको छ । यसअघि नेपाली दूतावास लन्डनले ३ सय ९१ जनाको विवरण काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा पठाएको थियो ।

तर नेपाल फर्किनेको संख्यामा वृद्धि हुदै गएपछि नेपाली दूतावास लन्डनद्वारा थप २९ सहित ४ सय २० जनाको नामावली काठमाण्डौ पठाइएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् ।

नेपाल फर्किनेको संख्या थपिएपछि दुईवटा जहाज चार्टर गर्ने योजना रहेको बताउँदै आरनले अरु थप नेपालीलाई पनि लैजान सकिने बताए ।

लकडाउनका कारण बेलायतमा रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउने सरकारको नीति अनुरुप नेपाली दूतावास लन्डनले गैर आवासीय नेपाली संघ यूकेको सहयोगमा प्रक्रिया  अगाडि बढाइरहेको छ ।

नेपाल फर्कनेले पिसिआर टेस्ट अनिवार्य गराउनुपर्ने भएपछि दूतावासले यहाँको विदेश मन्त्रालयलाई एक पत्र लेखी नेपालीलाई विशेष प्राथमिकता दिएर छिटो गरिदिन आग्रह गरेको थियो ।

तर विदेश मन्त्रालयले एनएचएसबाट परीक्षण गराउन कोरोनासम्बन्धी लक्षण देखिएको हुनुपर्ने भएकाले पिसिआर टेष्ट निजी क्लिनिकबाट गराउन सुझाएको छ ।

उक्त परीक्षणका लागि  https://nhms.health/ मा गएर टेष्ट किट अर्डर गरी परीक्षण गर्न सकिने दूतावासले जनाएको छ ।

नेपाल सरकारले विदेशका नेपाली फर्काउने उडान तालिकामा युरोप र बेलायतलाई जुन २० मा राखेपनि दूतावासले भने जुन अन्तिमसम्ममा नेपाल फर्काउन सकिने बताएको छ ।

नेपाल जान नाम दर्ता गर्नेहरुमा महामारीका बेला रोजगारी गुमाएका, भिसा सकिएका, अलपत्र विद्यार्थी, जाँच दिन आएका डाक्टर, तालिमलाई आएका सैनिक, कर्मचारी लगायत छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित