विश्वभर कोरोनाबाट ४ लाख २३ हजार भन्दा बढीको ज्यान गयो

जेनेभा ।  कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिइएको छ ।

शुक्रबारसम्म कोरोना भाइरसका कारण संक्रमित ३८ लाख ४३ हजार ७९५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ३१ हजार ९६६ व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५३ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ८९ हजार ८२५ जनामा कोरोना भाइरसका संक्रमित छन् । कोरोनाका कारण अमेरिकामा १ लाख १६ हजार ३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १३ लाख १३ हजार ८६६ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ५६ हजार ३९४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ९२ हजार १८७ जना कोरोना भाइरस संक्रमति छन् भने १ लाख ४१ हजार ९६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, युरोपमा २१ लाख ५६ हजार ८४५ जना कोरोना भाइरस संक्रमित भएका छन् भने १ लाख ८१ हजार ४७७ को मृत्यु भएको छ । एसियामा १५ लाख ७ हजार ६२८ जनामा कोरोना भाइरस संक्रमण हुनाका साथै ३८ हजार ३० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख १९ हजार ५०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ५ हजार ८८१ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ९०० जनामा कोरोना भाइरस संक्रमणका साथै १२४ जनाको मृत्यु भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित