राजदूतले ल्याए कोरोना सम्बन्धि गीतको म्यूजिक भिडियो ‘ ‘कोरोनाको महामारी’

लन्डन ।  बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।

राजदूत धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति रहेको उक्त गीतको रचना राजदूत सुवेदीले गरेका छन् ।

साहित्यिक उपनाम दुबसु क्षत्रीका रुपमा परिचित सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढि साहित्यिक रचना लगायत ‘म जस्तै तिमी पनि’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘निर्मम यादहरु’ जस्ता गीत गजल पनि स्वरवद्ध भइसकेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै संगीतको माध्यमबाट जनचेतनामूलक सन्देशको रुपमा म्यूजिक भिडियो तयार गरिएको छ । म्यूजिक भिडियोलाई संगीतकार शिखर सन्तोषको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उक्त गीतमा वरिष्ठ गायकहरु  रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, रोशन अधिकारी र प्रविशा अधिकारीको स्वर छ ।

वरिष्ठ संगीतकार शिखर सन्तोषको संगीत  निर्देशन  तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको यस म्यूजिक भिडियोमा दीपाश्री निरौला र सरिता लामिछानेको अभिनय छ ।

‘कोरोनाको महामारी’ को म्यूजिक भिडियो हेर्नुहोस् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित