काठमाडौँ । कालीकोटमा ३९ यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो ।
कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना भएको हो ।
घटनामा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
दुर्घटना भएको जानकारी पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्यमा लागिरहेका छन् ।
कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो ।