३९ यात्रुसहितको टिपर कर्णाली नदीमा

काठमाडौँ । कालीकोटमा ३९ यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा  ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो ।

कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना भएको हो ।

घटनामा २ जनाको मृत्यु भएको र ४ जना घाइते  भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

दुर्घटना भएको जानकारी पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्यमा लागिरहेका छन् ।

कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित