नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु, थप ३ सय २३ संक्रमित


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा मृत्यु  हुनेको संख्पया १५ पुगेको छ  ।  चितवन भरतपुर अस्पतालमा एकजना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवन भरतपुर ११ का एकजना पुरुषको मृत्यु भएको बताए ।

सोमबार साँझ मात्रै कोरोना पोजेटिभ पुष्टि भएका उनमा ज्वरो, निमोनिया, सुगर र उच्चरत्तचापको समस्या रहेको प्रवक्ता गौतमले बताए । यसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार २ सय ९२ जना पुरुष र ३१ जना महिलामा पीसीआर परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ८५ पुगेको छ । जसमध्ये ३ हजार ७ सय ९८ पुरुष र २ सय ८७ पहिला रहेका छन् ।
यस्तै अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ पीसीआर परीक्षण भएको छ । यस्तै १ लाख ६६ हजार १ सय ५८ आरडीटि परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३ य ५३ पीसीआर परीक्षण भएको छ भने ९ हजार १ सय ६७ आरडिटी परीक्षण भएको छ ।

प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको सख्या ३ हजार ४ सय ८७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ ।

जसमध्ये ५ सय ७ जना पुरुष छन् भने ७७ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमण निको भई घर जानेको संख्या ९६ रहेको छ । उनीहरु मध्ये ८८ जना पुरुष र ८ जना महिला रहेका छन् । आज इलाम जिल्लामा पनि पहिलोपटक संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ ।  योसँगै संक्रमित भेटिएको जिल्लाहरुको संख्या ७२ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित