लण्डन । हिजोआज तपाईं हाम्रो जीवनमा टेलिभिजनको भूमिका ब्यापक रुपमा बढ्दै गैरहेको छ । स-साना बच्चाहरु हुन् या त वृद्दहरु नै किन नहुन्, सबैको लागि घरायसी मनोरन्जनको साधन बनेको छ टेलिभिजन, तर के तपाईंहरुलाई थाहा छ रु दैनिक रुपमा ४ घण्टाभन्दा बढी टेलिभिजन हेरेको खण्डमा दैनिक १ घण्टाभन्दा कम हेर्नेको तुलनामा मृत्युको सम्भावना २ गुणा बढी हुने गर्दछ । प्रत्यक्ष रुपमा तपाईंहरुले मनोरंजन प्राप्त गरेता पनि अप्रत्यक्ष्य रुपमा तपाइंलाई हानी पुगिराखेको हुन्छ।
अमेरिकन हार्ट एसोसियन पत्रिकाले जनाएअनुसार जीवनशैली सुस्त हुने हुँदा रोगले बढी आक्रमण गर्न सक्तछ, जस्तो उच्च रक्तचाप, मोटोपन, क्यान्सर र मुटुको खतरा आदि, तेस्तैगरी स्पेनको यूनिभर्सिटी अफ नवाराको जनस्वास्थ्य विभागकी प्रमुख मिगुल गोंजालेसका अनुसार धेरैको मृत्युको कारण क्यान्सर देखियो । यस अनुसन्धानमा स्पेनी युनिभर्सिटीबाट स्नातकको पढाइ गरिरहेका १३ हजारलाई सहभागी गराइएको थियो ।, उनीहरुको सरदार उमेर ३७ वर्ष थियो जसमा ६० प्रतिशत महिलालाई सहभागी गराइएको थियो । अनुसन्धानकर्ताहरुले कम्प्युटरमा बिताउने समयको पनि अनुसन्धान गरेका थिए, अध्ययनकर्मी गोंजालेसले भनिन हरेक दिन ३ घण्टाभन्दा बढी समय टेलिभिजन हेर्न मानिसको मृत्युको सम्भावना १ घण्टाभन्दा कम समय टेलिभिजन हेर्ने भन्दा दु लाई गुणाबढी पाइयो जसमध्य ४६ जनाको मृत्युको कारण क्यान्सर, ३२ जनाको मृत्युको कारण अन्य र १८ र १९ जनाको मृत्यु हृदयसम्बन्धी समस्याले भएको पाइयो ।
तसर्थ तपाईंहरु पनि आफू तथा आफ्ना बालबच्चाहरुलाई लामो समयसम्म टेलिभिजन तथा कम्प्युटर हेर्नबाट समयमै सावधान गराउनुहोला प्रत्यक्ष रुपमा हुने फाइदालाई मात्र होइन अप्रत्यक्ष्य रुपमा पुग्ने बेफ़ाइदाहरुको बारेमा पनि बेलैमा सचेत हुनु नै बुद्दिमानी हुन जान्छ । सबैले आफ्नो शारीरिक गतिविधिमा बेलैमा ध्यान पुर्याउदै जाने हो भने पक्कै पनि केही हदसम्म स्वस्थ र तन्दुरुस्ती जीवनयापन गर्न मद्दत मिल्नेछ । तसर्थ सबैले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने प्रयास गरौ कम्तीमा २ घण्टा मात्र भए पनि कसरत गर्ने समय सबैले निकालौ ।
टेलिभिजन कम हेरेर धेरै बाँचौं
टेलिभिजन कम हेरेर धेरै बाँचौं
तपाईको प्रतिक्रिया