नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार एकैदिन कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

शनिबार कोरोना पुष्टि हुने मृतकमा डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिला छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिका-३ एक ५८ वर्षीय पुरुषको जेठ २१ गते दिउँसो मृत्यु भएको थियो । दमको रोगी मृतकको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

त्यस्तै, धनगढीको सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक ५५ वर्षीय मृतक महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । मिर्गौला रोगसँग लडिरहेकी उनको डायलासिसकै क्रममा जेठ २३ गते मृत्यु भएको थियो। त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। उनमा कोरोनाको कुनै लक्षण नभएको प्रवक्ता देवकोटाले जानकारी दिए।

यसैबीच, शनिबार एकैदिन देशभरमा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशमा संक्रमितको जम्मा संख्या ३ हजार २ सय ३५ पुगेको छ । नयाँ संक्रमितमध्ये २ सय ८६ पुरुष र ३७ महिला छन्।

यसअघि शुक्रबार २ सय ७८, बिहीवार ३ सय ३४, बुधबार २ सय १ र मंगलबार २ सय ८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार एक लाख ६८ हजार ३१ जना क्वारेन्टिनमा छन् । अहिले आइसोलेसन २५ सय ६८ जनाको उपचार भइराखेको छ ।

नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३ सय ६५ पुगेको छ । जसमा २ सय ९९ जना पुरुष र ६६ महिला छन् । शनिबार मात्र ३५ जना डिस्चार्ज भएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित