लण्डन / आधुनिक प्रबिधिको बिकाससंगै हिजोआज असम्भव कुराहरुलाई सम्भव तुल्याउनुको साथै अन्य बिबिध कुराहरुलाई पनि संकुचित बनाउँदै लगिराखेकोछ । फलस्वरूप एउटा स्मार्ट फोनको माध्यमबाट संसारलाई नै छिचोल्न सम्भव भनिसकेकोछ । हातमा एउटा स्मार्ट फोन छ भने विश्वको गतिविधिहरुलाई सजिलै नियाल्न सकिन्छ भने आफूलाई पनि विश्वको कुनाकुनामा छिनभरमै पुर्याउन सकिन्छ । सामाजिक संजालहरुको बढ्दो प्रभावका कारण हिजोआज सेल्फीले निकै चर्चा पाउँदै आइरहेकोछ । मानिस सामाजिक प्राणी हो र समाजमा नै बस्न रुचाउँछ भने उसले समाजको अगाडि आफूलाई सर्वश्रेष्ठ बनाउन पनि उत्तिकै प्रयास गरिराखेको हुन्छ । आफूलाई सुन्दर बनाउन र राम्रो देखाउन हिजोआज महिला मात्र होइन, पुरुष पनि त्यत्तिकै लागिपरेका हुन्छन् । यसै क्रममा हिजोआजको बढ्दो सामाजिक संजालहरु प्रतिको मोहका करण मानिसहरु आफ्ना हरेक क्रियाकलापहरुलाई सार्वजनिक गर्न बानी परिसकेका छन् । कुनै एउटा राम्रो कपडा किन्यो भने, एउटा नौलो खाना खायो भने या कुनै नौलो ठाउँमा पुग्यो भने हत्त न पत्त फोटो खिचेर सत्वजनिक गर्ने अर्थात् अरुलाई देखाउने प्रतिस्पर्धा भनौं, अथवा फेशन नै बनिसकेकोछ । हुन त यसले मानिसको जीवनमा एक प्रकारको हौसला भने पक्कै बढाएकोछ । जीवनबाट निरास भएर बस्ने कतिपयले यिनै सामाजिक संजालहरुका कारण आफूलाई निकै क्रियाशील बनाउदै गएका पनि छन् । तर यस्तो कुराहरुमा घाँटी हेरेर हाड़ निल्न भने कसैले पनि बिर्सन हुदैन ।
जीवन एउटा यात्रा हो र यसको अन्त अर्थात गन्तव्यको बारेमा भने निश्चितता नभएको हुँदा यात्राको दौरानमा यात्रालाई अविस्मरणीय बनाउन आफ्नो इच्छा र आकांक्षाहरुलाई मार्न भने हुँदैन । अहिले दुःख गरेर पछि सुख गरौंला भन्नुभन्दा दुःख सुखलाई एकैसाथ लिएर हिँड्नु नै बुद्दिमता हुनेछ जसले जीवनलाई उर्वरता प्रदान गर्दछ । नत्र काम साँची आफूलाई खान साँची अरुलाई भने जस्तो नहोला भन्न सकिन्न ।
यसरी बढ्दो सामाजिक प्रतिस्पर्धाका कारण गरिने कतिपय कुराहरुले मानिसको ब्यक्त्तित्वलाई पनि झल्काउने गर्दछ । जसले सेल्फी फोटोहरु खिच्ने गर्दछ, उनीहरुको आत्मविश्वास बढ्न सक्ने एक अनुसन्धानले पत्ता लगाएकोछ । हालै ब्रिटेनमा एक अनुसन्धान गरिएको थियो जसमा १८ देखि २४ वर्ष सम्मका उमेर भएका लगभग २,००० जना सहभागी रहेका थिए । उक्त अनुसन्धानले प्राप्त गरेको जानकारीअनुसार सेल्फी खिच्ने महिला वा पुरुषहरुले आफ्नो मुस्कानलाई नै बढी आकर्षक मान्ने गरेको पाइएको थियो । साथै यसरी सेल्फी खिच्न रुचाउनेहरुको आत्मविश्वासमा समेत बृद्दी हुने बताएको छ र सोधकर्ता स्टीवन टेलरका अनुसार त्यस्ता व्यक्तिले सामाजिक संजालहरुमा आफ्नो सेल्फी फोटोहरु राख्ने गर्दछ, जसलाई आफ्नो व्यक्तित्व र सौन्दर्यताप्रति पूर्ण रुपमा आत्मविश्वास हुने गर्दछ । यसै कारणले गर्दा धेरै मानिसहरु आफ्नो सेल्फी फोटोहरु हाल्न रुचाउने गर्दछन् । उमेरको हिसाबमा हेर्ने हो भने विशेषगरी २९ बर्ष उमेर समूहका मानिसहरुले आफ्नो शरीरलाई बढी माया गर्ने र ख्याल राख्ने गरेको प्रमाणित भनेकोछ । यदि कसैले कुनै कुरा अरुलाई देखाउन खोज्दछ भने पक्कै पनि त्यो कुराप्रति उसले गौरव गरेको हुन्छ । तसर्थ कसैले सेल्फी फोटोहरु राख्नुको कारण हो, उसलाई आफूप्रति आत्मविश्वास हुनु अर्थात् आफूलाई सार्वजनिक हुनको लागि योग्य ठान्नु । तसर्थ यदि तपाईंहरु पनि सेल्फी पोस्टमा माहिर हुनुहुन्छ भने सम्झनुस कि तपाइंलाई आफ्नो सौन्दर्यताप्रति पूर्ण रुपमा आत्मविश्वास हुनुहुन्छ र उक्त कुरालाई अरु समक्ष शेयर गर्न चाहनुहुन्छ ।
के तपाईं सेल्फी हुनुहुन्छ ?
के तपाईं सेल्फी हुनुहुन्छ ?
तपाईको प्रतिक्रिया