बेलायतमा कोभिड–१९ सम्भावित खोपको उत्पादन सुरु

एजेन्सी । बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरस (कोभिड–१९) रोक्नका लागि डिजाइन गरिएको सम्भावित खोपको उत्पादन सुरु गरेको छ । यो खोप पहिलो चरणको परीक्षणहरुमा सफल भएको छ ।

यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको सहयोगमा विकास गरिएको यो खोप अहिले पनि परीक्षणकै क्रममा रहेको छ । तर औषधी कम्पनीका प्रमुख पास्कल सोरियटले बीबीसीसँग भने, ‘एस्ट्राजेनेका यो विश्वास गर्छ कि हामीले अब यो खोपको (खुराक) डोज उत्पादनमा लागेका छौ, हामीले यसको (खुराक)डोज बनाउनुपर्छ ।

ताकि जब यो खोप परीक्षणमा प्रभावकारी हुन्छ, तब यसको माग बढेसँगै हामी सप्लाई गर्न सकौं ।’उक्त कम्पनीले विश्वभर यो खोपको २ अर्ब डोज सप्लाई गर्न सक्षम हुने दाबी गर्दै आएको छ । सोरियटले बीबीसँग भने, ‘यदि खोप प्रभावकारी साबित भएन भने पनि हामी यो जोखिम मोलेर अघि बढिरहेका छौं ।

त्यो बेला हामीले ठूलो आर्थिक मूल्य चुकाउनुपर्नेछ । किनकि यो बीचमा (संकट) हामी जे पनि गर्न तयार भएका छौ ।’ बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु पछिल्ला  महिनादेखि खोप परीक्षणमा अहोरात्र खटिरहेका छन् । 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित