काठमाडौँ । नेपाल सरकारको तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार आज बिहान ११ बजे पहिलो लटका यात्रुहरु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा अवतरण गरेका छन् ।
पहिलो लटमा म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्किएका हुन् । एमएएच ००३ नम्बरको फ्लाइटको फोकर ७० नामको म्यानमारको सैनिक एयरफोर्स जहाजमार्फत उनीहरु नेपाल आएका हुन् ।
सोहि जाहाजबाट ४१ जना बर्मेली नागरिक र २ जना नेपाली नागरिक पनि म्यानमार फर्कदैछन् ।
सेनाले दिएको जानकारी अनुसार म्यानमारबाट आएका नेपालीलाई यति पार्टी प्यालेस बसुन्धराको होल्डिङ सेन्टरमा राखिने भएको छ ।