कोभिड १९ व्यबस्थापनमा एनआरएनए पोल्याण्डद्वारा विभिन्न गतिविधि

गोर्खा अनलाइन रेडियो

लन्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) पोल्याण्डले कोरना भाइरस  (कोभिड १९)  को महामारीको  व्यबस्थापनको लागि विभिन्न गतिविधिहरु गरेको छ ।

कोरना विरुद्ध लड्नका लागि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता र विभिन्न मुलुकमा रहेका नेपालिहरुलाई यो माहामारीबाट बचाउन संघका एनसीसीहरुले गर्नुपर्ने विभिन्न सचेतना, सावधानी र सहयोगका कदमहरु साथै सम्बन्धित मुलुकमा रहेका नेपालीहरुको अवस्था जानकारीबारे प्राप्त सर्कुलर अन्तर्गत एनआरएनए एनसीसी पोल्याण्डले निम्न अनुसारको गतिविधिहरु  गरेको छ ।

१. एनआरएनए एनसीसी पोल्याण्डको अध्यक्ष नरेस सापकोटाको संयोजकत्वमा गठित कोरोना आपतकालीन मुल सहयोग समितीले नेपाल सरकार नेपाली दूतावास आइसिसी, WHO र भिभिन्न स्वास्थ सस्थाहरुबाट तयार पारिएको कोरोना भाइरसका लक्षण र यशबाट बच्ने उपायकहरुका लेख, पोष्टर, भिडियो सस्थाको पेजबाट ब्यपक प्रचार गरियो ।

२. तीस हजार ज्योल्ती (करिब ९ लाख) को कोरोना आपतकालीन आकस्मिक कोष खडा गरिएको छ।

३. एनआरएनए एनसीसी पोल्याण्डको पहलमा पोल्याण्डमा रहेको विभिन्न नेपाली संघ-सस्थाहरुसँग समन्वय गरेर सर्बपक्षिय कोरोना आपतकालीन समन्वय समिती बनाइएको छ।

४. कोरोना भाइरस नियन्त्रणमा पोल्याण्ड सरकारले चालेका विभिन्न साबधानी कदमहरु पालाना गराउन एनआरएनए एनसीसी पोल्याण्डका प्रतिनिधिहरुले नेपाली समुदायमा सु-सुचित गराउनुभएको छ।

५. पोल्याण्डमा अध्यन गर्ने नेपाली बिद्यार्थीको बारेमा जानकारी लिएर आबस्यक सहयोग गरिएको छ।

६. राहातको कार्यक्रम अन्तर्गत खाद्यान्न बितरण गरिएको छ। कम्तीमा प्रतिव्यक्ति १० दिनको लागि पुग्ने बिग्तरण गरिएको हो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित