लकडाउनले रोकिएका नेपालीलाई स्वदेश फर्काउन लन्डन दूतावासद्वारा विशेष पहल

 

लण्डन । कोरोना भाइरस (कोभीड १९) को महामारीका कारण बेलायतमा जारी लकडाउनले गर्दा नेपाल फर्कन नपाएका नेपालीहरुको लागि  नेपाली दूतावास लन्डनले विशेष पहल गर्ने भएको छ । दूतावासद्वारा सोमबार प्रकाशित जारी सूचनामा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका बेलायत तथा माल्टा र आयरल्याण्डमा रहेका नेपालीहरुलाई आफ्नो विवरणहरु अद्यावधिक गर्न आव्हान गरिएको  छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७७ साल जेठ २ गतेको निर्णय बमोजिम विदेशमा रोकिएका र छिट्टै नेपाल फर्किन बाध्य भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको तयारी  अनुरुप  लण्डनस्थित नेपाली दूतावासले पनि नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुलाई आफ्नो विवरण अद्यावधिक गर्नको लागि बेलायत. माल्टा र आयरल्याण्डका नेपालीहरुलाई अनुरोध गरेको छ । दूतावासद्वारा निर्धारित विवरणसहित पांच दिनभित्र दूतावासको फेसबुक पेज, ट्वीटर वा इमेलमध्य कुनै पनि माध्यमबाट विवरण उपलब्ध गराउन सकिने दूतावासले जनाएको छ ।

गैरआवासीय नेपाली संघ, वेलायतले संकलन गरेको नेपाल फर्कन चाहने नेपालीहरुको  विवरण यस राजदूतावासमा प्राप्त भैसकेको र उक्त विवरणमा राहदानी नम्बर, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको टेलिफोन सम्पर्क नम्बर र होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको कुन स्थानमा बस्ने हो सो विवरण थप अधाविधिक गर्नुपर्ने भएकोले गैरआवासीय नेपाली संघमा आफ्नो विवरण दर्ता गराउनु भएका नेपाल फर्कन चाहने महानुभावहरुले थप विवरणहरु यस राजदूतावास वा गैरआवासीय नेपाली संघ पठाउनु पर्नेछ  । गैरआवासीय नेपाली संघ, आयरल्याण्ड र गैरआवासीय नेपाली संघ, माल्टाले पनि यस सम्बन्धी विवरणहरु संकलन गरी यस राजदूतावासमा पठाउने व्यवस्था गर्ने तथा स्वयं व्यक्तिले पनि आफ्नो विवरण राजदूतावासमा पठाउन सकिनेछ ।

हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परिक्षण  (पि.सि.आर/आर.डि.टि/अन्य) को प्रमाण साथमा राख्नु पर्नेछ । नेपाल फर्कने व्यक्तिले हवाई उडान तथा यातायात खर्च र होटल क्वारेन्टिन खर्च आफैले व्यहोर्नु पर्नेछ । विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काठमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनमा ट्रान्सफर गरिने छ ।

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा चौध दिनसम्म बस्नुपर्ने र तत्पश्चात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ । नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ । एअरलाइन्स र उडान तालिका लगायत अन्य विवरणहरुका सम्बन्धमा विस्तृतको जानकारीको बारेमा छुट्टै सूचना मार्फत जानकारी गराउने दूतावासले बताएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित