बेलायतमा लकडाउनको व्यापक उल्लंघन

नेपाली लिंक

लन्डन । कोरोना भाइरसका कारण बेलायातवासीहरुले इतिहासमै पहिलोपल्ट ७० दिन लामो लकडाउनको अनुभव गरेका छन् ।

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी लकडाउन जुन १ तारिख सोमबारबाट केहि खुकुलो हुंदैछ ।

सरकारले गरेको यस्तो घोषणा अघि नै बेलायतका पार्क तथा सामुन्द्रिक किनारहरुमा बेलायतवासीहरुले लकडाउनको बेवास्ता गर्दै नियम उल्लंघन गरेका छन् ।

बेलायतकै सुन्दर एवम् रमणीय चट्टानसहितको समुन्द्री किनार ‘डर्डल डोर’ लाई लकडाउन उल्लंघन गरेकै कारण अनिश्चित कालका लागि बन्द गर्नुपरेको छ । शनिबार हजारौंको संख्यामा मानिसहरु जम्मा भएको सो स्थानमा भएको दुर्घटनाका कारण एअर एम्बुलेन्स समेत पुगेको थियो ।

त्यहाँको प्रमुख आकर्षकको रुपमा रहेको चट्टानबाट मानिसहरु समुन्द्रमा हाम्फाल्ने गर्दछन् । करिब दुई सय फिट उचाईबाट हामफाल्ने क्रममा हिजो तीन जना व्यक्तिहरु घाइते भएपछि एअर एम्बुलेन्सद्वारा उद्वार गरिएको थियो ।

यस घटनासंगै अनिश्चितकालका लागि त्यस ठाउँमा जान प्रतिबन्ध गरिएको स्थानीय काउन्सिल तथा प्रहरीले बताएका छन् ।

त्यस्तै बेलायतको केन्द्रमा रहेको हाइडपार्क कर्नरमा शनिबार भएको छुरा काण्डमा तीनजना घाइते भएको र घटनामा संलग्न चार जनालाई प्रहरीद्वारा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

बेलायतका सबैजसो पार्कमा मानिसहरुले लकडाउनको नियम पालना नगरेपछि कोरोनाको संक्रमण झन् बढ्नसक्ने संकेत देखिएको छ ।

कोरोना संक्रमण अझै नियन्त्रणमा आइनसकेकोले लकडाउन खुकुलो पार्न सरकारले हतार गरेको कतिपय विज्ञहरुको भनाइ छ । बेलायतमा कोरोना अझै तीव्र गतिमा फैलिरहेकोले निकै सावधान रहनुपर्ने धारणा उनीहरुले व्यक्त गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित