नेपालमा एकैदिन थपिए १ सय ६६ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो एक दिनमा थप १ सय ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । नयाँ संक्रमितमध्ये १ सय ६२ जना पुरुष र ४ महिला छन् ।

यससँगै देशभरमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । जसमध्ये १ हजार ४ सय ५० जना पुरुष र १ सय १७ जना महिला छन् ।

पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २१, स्याङ्जा गल्याङका २७ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका एक वर्षीय बालकसहित १० जना छन् ।

त्यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जना तथा प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बााकेका ८ जना तथा धरान वीपी स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ र कोसी अस्पतालमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

नेपाली लिंक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित