काठमाडौं । नेपालमा पछिल्लो एक दिनमा थप १ सय ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । नयाँ संक्रमितमध्ये १ सय ६२ जना पुरुष र ४ महिला छन् ।
यससँगै देशभरमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । जसमध्ये १ हजार ४ सय ५० जना पुरुष र १ सय १७ जना महिला छन् ।
पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २१, स्याङ्जा गल्याङका २७ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका एक वर्षीय बालकसहित १० जना छन् ।
त्यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जना तथा प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बााकेका ८ जना तथा धरान वीपी स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
सेती अस्पतालमा गरिएको परीक्षणमा ५ र कोसी अस्पतालमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको छ ।
नेपाली लिंक