एनआरएनए र नेपाल सरकारको पहलमा नेपालीलाई स्वदेश फर्काउन छलफल

गोर्खा अनलाइन रेडियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग भएको वार्ता र छलफल अनुसार दैनिक 3 हजारदेखि ३ हजार ५ सयसम्म नेपालीहरु स्वदेश फर्काउन सकिने निष्कर्ष निकालिएको  संघका प्रवक्ता डिबी क्षेत्रीले मिडिया एण्ड पब्लिकेशन कमिटीलाइ जानकारी दिएका छन् ।

एनआरएनए अध्यक्ष पन्तले इमेलमा दिएको जानकारी अनुसार, गैरआवासीय नेपाली संघको अथक प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात आज बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले साता वा दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई  स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको छ।

अब यसै बमोजिम नेपाल सरकार मन्त्री परिषदलाई सिफारिस गर्नेछ। यसका लागि नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाईनेछ र नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ।

काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमता अनुसार होटल छान्न पाउनेछन्।

परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ। तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने अनुमान छ।

यसैबीच अध्यक्ष पन्तले सम्पूर्ण डायस्पोराका नेपालीहरुलाई केहि दिन धैर्य गर्न अनुरोध गर्दै नेपाल सरकार र विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा  राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक

नरेन्द्र बस्नेतको प्रस्तुति ‘हामी पत्रकार’

नरेन्द्र बस्नेतको तीज गीत ‘छम्म छम्म नाचौंला’

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

यूएन महासभामा बालेनको सन्देश: ‘जलवायु न्याय कागजमा होइन, व्यवहारमा देखिनुपर्छ’

एकै दिन ७८१ आप्रवासी बेलायत प्रवेश, च्यानल क्रसिङ रोक्न थप कडा कदम चाल्ने सरकारको घोषणा

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै, बेलायतमा शुक्रबार बिहान १ बजे प्रत्यक्ष प्रसारण