नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो, थप १८९ जना संक्रमित

गोर्खा अनलाइन रेडियो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभीड १९) का कारण संक्रमित हुनेको संख्या १ हजार ४ सय एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार थप १ सय ८९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । हालसम्म सङ्क्रमित हुनेमा पुरुष १ हजार २ सय ८८ जना र महिला १ सय १३ जना रहेका ।

आज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जनालाई सङ्क्रमित पुगेको छ ।

अहिलेसम्म नेपालमा कोरोनका कारण ६ जनाले ज्यान गुमाइसकेका छन् । तेस्तै आज थप १३ जना निको भएर डिस्चार्ज भएका छन् । यो संगै निको हुनेहरुको संख्या २ सय १९ पुगेको छ ।

पछिल्लो जानकारी अनुसार हालसम्म नेपालमा कोरोनाबाट  ५३ वटा जिल्लाहरु संक्रमित भएका छन्  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित