प्रियँकाको पहिलो कार, जताततै हाहाकार

tumblr_nef20uea5O1u25znzo1_500

लन्डन, ‘नाइँ नभन्नु ल’ भन्दा भन्दै प्रियँकाले खुसुक्क फेसबुकको भित्तामा लेखिहालिन् आफूले किनेको पहिलो गाडीको बारेमा | उनले भनेकिछन्, ‘भूकम्प आउनु २ दिनअघि किनेँ, पनि आज मात्र शेयर गरेको छु, सबैको माया पाएर सफलता पाएकोछु, यो त्यही मिहिनेतको फल हो यो सबैलाई धन्यबाद ।’

मेरो पहिलो गाडी
हुन त भुकम्प आउन ठ्याक्कै २ दिनअगाडि किनेको थिएँ। तर शेयर आज मात्र गर्दै छु। यहाँहरुको माया र साथले जुन सफलता दिलायो, आज यो त्येसैको फल हो, मेहेनतको फल हो । मलार्इ माया, साथ, हौसला दिनु हुने सबैलार्इ भित्री हृदयबाट धन्यवाद ।’

जसरी गाडी किनेको २ दिनपछि नेपालमा भूकम्प गयो, त्यसरी नै उनले राखेको उक्त पोष्टपछि पनि मिडिया तथा सामाजिक संजाल्हारुमा तुरुन्त ज्वालामुखी गयो । भूकम्पपश्चात् उनी कार्यक्रमको शिलशिलामा गायिका अन्जु पन्त र गायक शिव परियारका साथमा यूके आएकी थिर्न्इ र यूकेबाट नेपाल फर्किएपछि गाडी किनेको जानकारी फेसबुकमार्फत गराएकी थिर्न्इ | नयाँ बर्ष २०७२ को उपलक्षमा भूकम्प अघि नै यूकेमा व्यापारिक प्रयोजनले तय गरिएको उक्त कार्यक्रमलार्इ नेपालमा गएको भूकम्पका कारण च्यारिटिको रुपमा लैजाने निर्णय आयोजक बीजीजे ग्रुपले पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । डांडामा स्याल कराएको गैह्रामा बाख्रो हराएको भनेझैं च्यारिटि कार्यक्रम सकेर नेपाल जानेबित्तिकै उनले नयाँ गाडी किनेको थाहा पाउनासाथ यस्तो किसिमको अड्कल काट्नु कुनै नौलो कुरा भने होइन । तर त्यसमा के कति सत्यता लुकेकोछ भन्ने कुराले मुख्य भूमिका खेल्दछ । तर यतिबेला उनलाई भूकम्प पीडितको लागि उठाएको रकमबाट कार किनेको भन्ने गम्भीर आरोप लागेकोछ । प्रियँका मात्र होइन, भूकम्प पीडितहरुको सहयोगार्थ अन्य थुप्रै कलाकारहरु विदेशतिर लागे र सक्दो सहयोग पनि गरे । प्रियँकाले भने आफूलाई झुठ्ठा लान्छना लगाएको र आफ्नो कार यूके जानुअघि नै किनिसकेको स्पष्टिकरण फेसबुकमार्फत नै राखिन् ।

‘मेरो गाडीको बिषयमा धेरै नानाथरी कुराहरु सुन्दै छु, पढ्दै छु। एकbd चित्त दुखेर आयो। मेरो सबै फ्यान र शुभचिन्तकहरुलाई मेरा केही कुरा हरु राख्दै छु। पहिलो कुरा, भूकम्प जानू दुई दिनअगाडि गाडी घर भित्राइसकेकी थिएँ। गाडी किनेर घरमा पूजाको तयारी मात्र के गर्दै थियौं, २ दिनभित्रै बिनासकारी भूकम्प आयो। त्यसपछि धेरै रात म त्यही गाडीमै सुतेकी पनि छु। अब आयो UK को च्यारिटिको पैसा । त्यो पैसा अहिलेसम्म हाम्रो UK को कार्यक्रम organiser हरुले नेपाल पठाउनु भएको छैन। हामी त्यहाँ हुँदा, ५ कार्यक्रमबाट ५ लाख उठाउन सफल भयौं। तर त्यो ५ लाखमा अझै अरु पनि स-साना कार्यक्रमहरु गरेर अझै रकम थपेर अनि नेपाल पठाउने भनेर त्यो पैसा अझै UK मा, त्यहाँको organizers सगै छ र रहयो कुरा मेरो UK को कार्यक्रमको पारिश्रमिकको कुरा । UK को कार्यक्रम भूकम्प जानू २ महिनाअगाडि फाइनल गरिएको थियो। ५ शो गरेबापत यति पारिश्रमिक भनेर नी तोकिसकेको थियो, तर जब परिस्थिति त्येस्तो भयो, म, अन्जु पन्त दिदी र शिव परियारजीले लिनु पर्ने हाम्रो पारिश्रमिक पनि लिएनौं । आज निकै दुःख साथ यी कुराहरु लेख्दै छु म। जति जे गर्न खोजे पनि हामी सधै नराम्रो हुँदो रहेछौ। UK बाट फर्केदेखि मैले धेरै पटक गर्व साथ शेयर गरेँ कि हामीले ५ लाख उठायौं। के त्यो ५ लाख मा मेरो गाडि आयो होला त ? अलिअलि तपाईंहरु पनि बुद्धि लगाउनुस् न। हुनै नसक्ने कुरामा यतिकै औला उठाउने, आरोप लगाउने ? म पनि त सामान्य घर कि सामान्य चेली हु नि। मैले पनि त धेरै मेहेनत गरेर पहिलो गाडी किन्दा, खुशी महशुस हुन्छ, साथी- भाइसँग, आफन्तहरुसँग, शुभचिन्तकहरुसँग खुशी शेयर गर्न मन हुन्छ। सायद यहाँहरुले मेरो खुशीमा साथ दिनु हुन्छ, मलाइ बधाइ दिनु हुन्छ भनेर सोच्नु नै मेरो मुर्खता रहेछ।’
जुन दिन UK मा गरेको च्यारिटिको पैसा नेपाल आइपुग्छ, त्यो पैसा बोकेर “charity money” एउटा कागजमा ठूलोठूलो अक्षरले लेखेर, फोटो खिचेर हाल्ने छु। सबैलार्इ बिश्वास गराउन त्यही गर्नु पर्ने रहेछ। यहाँको चलन यही नै रहेछ र अब अन्तिममा मेरा अशली शुभचिन्तकहरुलाई, अहिले जहाँ त्यहाँ मलाई गलत आरोप लागिरहेको बेलामा यहाँहरुको जुन साथ पाइरहेकी छु, त्यसले शीर कहिले न झुकाउने प्रेरणा मिल्छ मलार्इ, आत्मबिश्वास मिल्छ मलार्इ, म एक्लै छुइन भन्ने आभास हुन्छ। तपाइहरुको बिश्वासलाई चोट पुराउने काम कहिले पनि गर्दिंन। यो कसम खान्छु आज म।’
प्रीयंका कार्की

5-Priyanka-Karki

छोटो समयमा आफूलाई स्थापित गर्न सफल नायिका प्रियेंका कार्कीले झोले, नाइँ नभन्नु ल -२ र नाइँ नभन्नु ल – ३ जस्ता चलचित्रहरु खेलिसकेकिछन् । भूकम्पका कारण देश दुखिरहेको बेला अनि दशौँ हजारले ज्यान गुमाएको र हजारौं घाइतेहरु छटपटाइरहेको बेला उनी माथिको यो आरोपले उनको प्रतिष्ठामा केही आघात भने पक्कै पु-याउनेछ | तर अरुबाट सहयोगस्वरूप प्राप्त राहत सामांग्रीलाइ वितरणको शिलशिलामा आफ्नै देशका नेता तथा कार्यकर्ताहरुले धाँधली गरिराखेको अवस्थामा भने उनले आफ्नै परिश्रमले बिदेशमा कमाएर ल्याएको पैसाले गाडी किनेकै भए पनि कुनै ठूलो बिषय नबन्ला । त्यसमाथि पनि भूकम्प आउनुअघि नै किनेको उनको दावीलार्इ प्रमाणित गर्न सकेको खण्डमा उक्त बिषय मिडियाको खुराकी भन्दा अन्यथा नहोला । साथै उनले खरिद गरेको कार पूरा भुक्तानी गरिएकोछ वा फाइनान्समा लिइएको हो त्यो पनि बुझ्न जरुरी हुन्छ । तर यूकेमा भएको कार्यक्रमका आयोजकहरुले एक हप्ताअघि मात्र पत्रकार सम्मेलन गरी उठेको रकमलाई विभिन्न स्थानमा सहयोगको लागि छुट्ट्याएको कुरा उल्लेख गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित