‘डायस्पोराको नेपाली साहित्य’ को ऐतिहाँसिक संकलन अन्तिम तयारीमा 

गोर्खा अनलाइन रेडियो

लन्डन । नेपालको कला संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्य स्वरूप प्रवासमा थुप्रै विधाका साहित्य कृतिहरुको सृजना भएको छ । साहित्यिक सृजनामा डायस्पोरामा बस्ने नेपालीहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । हालसम्म प्रवासी नेपालीहरुद्वारा प्रकाशित साहित्यिक कृतिको कुनैपनि ऐतिहाँसिक लेखनको तयार गरिएको पाइदैन ।

प्रवासी नेपाली साहित्यलाई प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल (त्रिवि, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर) को पहलमा ‘डायस्पोराको नेपाली साहित्य’ को ऐतिहाँसिक साहित्य संकलनको तयारी भैरहेको छ ।  साहित्यको इतिहाँस लेखनबिना कृतिको मूल्यांकन अधुरो हुने डा. लुइँटेलको धारणा छ ।

‘डायस्पोराको नेपाली साहित्य’ को ऐतिहाँसिक साहित्य संकलनको काम लगभग अन्तिम चरणमा पुगेको हुँदा संसारका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली साहित्यकारहरूलाई एक हप्ताभित्र आवश्यक विवरण पठाउन अनुरोध गरिएको छ ।

आफ्नो विवरण पठाउँदा नाम (वास्तविक र साहित्यिक), बसोबास रहेको देश, प्रथम प्रकाशित रचना (प्रकाशन स्रोत–पत्रिकाको वर्ष, अङ्क, साल, महिनासहित), प्रकाशित कृति (विधागत रूपमा– कविता (गीत, गजल, मुक्तक, हाइकु), कथा, उपन्यास, नाटक, निबन्ध),  प्रकाशन सालसहित (सकेसम्म कृति नभए कृति पाइने ठाउँ) उल्लेख गर्नुपर्नेछ ।

विवरण पठाउँदा  प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, त्रिवि, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर वा इमेल- drkhalu@yahoo.com मा पठाउन सकिनेछ ।

साहित्य अनुसन्धान सम्बन्धमा तथ्याङ्क संकलनको लागि सहयोगगर्न बेलायतस्थित लेखक तथा कानूनविद गोविन्द बेलवासेले पनि अनुरोध गरेका छन् । भविष्यको लागि अभिलेखको रुपमा रहने र साहित्य सृजनामा चासो राख्नेहरुको लागि अझ बढी सहजता मिल्ने बेलवासे  धारणा रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित