बेलायतमा कोरोनाबाट ६५ जना नेपालीहरुको निधन

रातोपाटी
लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म बेलायतमा ६५ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी भएको हो ।

मृत्यु हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५४ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ ।

हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राई रहेकी छन् । निधन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेहरुप्रति नेपाली दूतावास लन्डनले हार्दिक समवेदना व्यक्त गरेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित