बेलायतमा कोरोनाका कारण अर्का पूर्व गोर्खाको निधन

नरेन्द्र बस्नेत /रातोपाटी

लन्डन । कोरोना भाइरस (कोभिड १९) का कारण बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायती सेना सेभन जीआरका अवकाश प्राप्त ६१ वर्षीय जितेन्द्र राईको मंगलबार निधन भएको हो । हाल बेलायतको ग्रेजमा बस्दै आएका मृतक राईको पुर्ख्यौली घर खोटाङ जन्तेडांडा-३ भएपनि पछिल्लो समय उनि उदयपुरमा बस्दै आएका थिए ।

विगतमा यूके बसेर नेपाल फर्किएका राई गत डिसेम्बरमा मात्र बेलायत आएका थिए । उनका तीन छोरा बेलायतमा छन् भने श्रीमती नेपालमै छिन । तीन हप्ता घरमै आइसोलेसनमा बसेका राईलाई ठिक नभएपछि एसेक्सको बासिल्डन अस्पतालमा भर्ना गरिएको थियो । करिब एक महिना लामो समयसम्म अस्पतालमा उपचारका गर्दागर्दै उनको कोरोनाका कारण निधन भएको हो ।

हालसम्म बेलायतमामात्र साँढे पाँच दर्जन नेपालीहरुको कोरोनाको संक्रमणबाट निधन भैसकेको छ । जसमध्य साँढे चार दर्जन पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र बाँकी गैर गोर्खाहरु रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले गत शनिबार साँझसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या १ सय १७ पुगेको तथ्यांक सार्वजनिक गरेको थियो ।

नेपाललाई समेत समावेस गरिएको उक्त तथ्याँक अहिले बृद्दी भएर १ सय २० भन्दा बढी पुगिसकेको छ । विश्वभरमा ३ लाख ५६ हजार भन्दा धेरैको कोरोनाका कारण ज्यान गैसकेको छ भने बेलायतमा अहिलेसम्म कोरोनका कारण ३७ हजार ४ सय ६० जानाले ज्यान गुमाइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित