बेलायतमा ग्लोबल नेप्लिज डटकमद्वारा अनलाइन प्रकाशनको आरम्भ

गोर्खा अनलाइन रेडियो

लन्डन, मे २६ – बेलायतबाट नयाँ अनलाइन पत्रिका, ग्लोबल नेप्लिज डटकम, को प्रकाशन शुरु गरिएको छ। एलडिसी न्युज सर्भिस लिमिटेडद्वारा प्रकाशन शुरु गरिएको उक्त अनलाइन अंग्रेजी भाषाको साउथ एसिया डटकमको सहप्रकाशनको रुपमा आएको प्रकाशकले जनाएका छन् ।

“सूचना र प्रविधिको विकासका कारण आज पुरै विश्व एउटा ‘ग्लोबल भिलेज’ बन्न पुगेको छ। प्रवासी नेपाली समुदायले आफु कार्यरत मुलुकमा योगदान पुराउनुका साथै नेपालको सामाजिक, आर्थिक विकासमा पनि सहयोग गर्दै आएको छ । चाहे भूकम्पको बेला होस् या कोरोना संक्रमणको बेला, प्रवासमा रहेका नेपालीहरुको सहयोग र सहकार्य प्रशंसनीय छ। प्रवासमा रहेका मिडियाले नेपालीहरुलाइ अरु संगठित पार्न र नेपालको सेवामा समर्पित रहन अरु सघाउने छन् भन्ने मेरो विश्वास छ,” प्रथम राष्ट्रपति डा. यादवले भने ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले ग्लोबल नेप्लिज डटकमलाई तथ्यपरक समाचार र सही सूचना सम्प्रेषण गर्न शुभकामना दिए। उनले बौद्धिक खुराकसमेत प्रदान गरी समाजमा सकारात्मक र रचनात्मक भावनाको विकास एवं नेपाली डायस्पोरामा एकता, सहिष्णुता, समझदारी र सहकार्यको वातावरण सिर्जना गर्ने कार्यमा नयाँ समाचार पोर्टल सफल हुने आफुले विश्वास लिएको पनि बताए ।

ग्लोबल पलिसी फोरम फर नेपालका अध्यक्ष प्राध्यापक सूर्य सुवेदीले आफ्नो शुभकामनामा विश्व भरि नै नेपाली समुदायलाई ती समुदायमा भएका तथा नेपालका विभिन्न क्षेत्रमा भएका घटनाहरुको बारेमा जानकारी गराउन एउटा वास्तव मै विश्वव्यापी, वस्तुगत तथा स्वतन्त्र समाचार पोर्टल आवश्यक रहेको बताए। उनले भने, ” मलाई आशा छ यो नयाँ समाचार पोर्टलले स्वतन्त्र र खोजी पत्रकारिताको अभ्यास गर्दै विश्वव्यापी नेपाली समुदाय र नेपालको राम्रोसंग सेवा गर्ने छ। ”

यसैगरी नयाँ समाचार पोर्टललाई शुभकामना दिंदै गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले लंडनलाई कार्यथलो बनाएको नयाँ समाचार पोर्टलले संसारभरि फैलिएका प्रवासी नेपालीहरुका समस्या तथा उपलब्धिहरुलाई मुखरित गर्ने विश्वास व्यक्त गरे। विश्व नै कोरोना महामारीसंग जुधी रहेको यो कठिन बेलामा जन्मभूमि, कर्म भूमि र आफ्नो समुदायको सेवामा जुट्न सबै नेपालीहरुलाई तपाईंहरुको प्रकाशनले प्रेरित गर्न सकोस्,” उनले भने।

आफ्नो शुभकामना संदेशमा गैर आवासीय नेपाली संघ युकेकी अध्यक्ष पूनम गुरुङले बेलायतबाट अर्को नयां समाचार पोर्टल शुरु हुन लागेको थाहा पाउंदा आफुलाई खुसी लागेको बताइन् । बेलायत लगायत संसारभरि फैलिएका नेपाली समुदायका सुखदुख, कथाव्यथा र उपलब्धिहरुलाई अगाडी ल्याउन र दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाल र नेपालीसंग जोड्न यो पोर्टल सफल बनोस् भन्ने शुभकामना पनि उनले दिइन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित