“हिम्मत हार्नु हुन्न, हामीले हिंडौ सुस्त सुस्तै,
हामी मिले हाम्रो नेपाल बनाउनेछौं उस्तै उस्तै ”
लन्डन । बिक्रम सम्बत २०७२ सालको बैशाख १२ मा गएको महाभूकम्पले हाम्रो देशमा जनधनलगायत अनेकौं ऐतिहासिक सम्पदालार्इ समेत ध्वस्त पारेकोछ । तर पनि यस किसिमको संकटको घडीबाट मुक्ति दिलाउनको लागि विश्वभरिबाट बिभिन्न प्रकारका सहयोगहरुको प्रतिबद्दता ब्यक्त भएकाछन् । नेपाली हुन् वा बिदेशीहरु नै किन नहुन नेपालमा भएको यस किसिमको दुःखप्रति सबैको मन दुखेकोछ, सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नलाई कसैले कन्जुस्याई गरेनन् ।
त्यस्तैगरी गीत संगीतमार्फत पनि विभिन्न कलाकारहरुले भूकम्पको पीडालाई ब्यक्त गर्दै आएकाछन् अनि भूकम्पको पीडालाई मलहम लगाउने प्रयास गरेकाछन् । भर्खरै मात्र बेलायतको रिडिंगमा बसोबास गर्दै आएकी प्रतिमा के.सी.को एउटा गीत बजारमा आएकोछ, गीतमार्फत उनले भूकम्प पीडितहरुलाई हिम्मत नहारी बिस्तारै बिस्तारै अघि बढ्नको लागि हौसला दिएकिछन् । सर्वप्रथम बी.एफ.बी.एस. रेडियो बेलायतमार्फत आजै औपचारिक रुपमा सार्वजनिक गरिएको उक्त गीतलाई बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीद्वारा उद्घाटन गरिएको थियो । प्रतिमा के.सी.को रचना रहेको उक्त गीतलाई संगीत दिएकाछन् हाल दक्षिण कोरियामा बस्दै आएका डी. आर. “अटु ” ले भने स्वर रहेकोछ सी.डी. विजय अधिकारी र मेलिना राइको । सी.डी. एम म्युजिक क्रियसनले बजारमा ल्याएको सो गीतलार्इ कमल एक्चाई मगरले निर्देशन गरेका हुन् । महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको लागि समर्पित अनि भूकम्पबाट चर्किएको मनलाई जसोतसो थाम्दै हौसला प्रदान गराउने उद्देश्यले तयार पारिएको यस गीतमार्फत भएको आम्दानीलाई दुर्गम स्थानका भूकम्पबाट क्षतिग्रस्त बिद्यालयलार्इ सहयोग पुर्याउने गीतकार प्रतिमा के.सी. को सोंच रहेको छ । साथै यस कार्यमा सहयोग पुर्याउन सबैजनालार्इ अनुरोधसमेत गरेकिछिन् गीतकार के.सी.ले । गीत सुन्नलाई यहाँ तल क्लिक गर्नुहोला ।
हिम्मत हार्नु हुन् हामीले हिडौं सुस्त सुस्तै ……
हिम्मत हार्नु हुन् हामीले हिडौं सुस्त सुस्तै ……

तपाईको प्रतिक्रिया