बेलायत प्रवेशमा कडाइ, १ हजार पाउण्डसम्म जरिवाना

नरेन्द्र बस्नेत / रातोपाटी

लण्डन – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न बाहिरबाट बेलायत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम बेलायत सरकारले लागू गरेको छ ।

आगामी जुन ८ तारिखबाट उक्त नयाँ नियम लागू गरिनेछ । बेलायत सरकारकी गृहमन्त्री प्रिती पटेलले शुक्रबारको दैनिक कोरोना ब्रिफिङमा सो कुराको जानकारी गराएकी हुन् ।

सरकारको नयाँ नीतिको उलंघन गर्नेलाई १ हजार पाउण्डसम्म जरिवाना गर्नुका साथै अन्य देशका नागरिकलाई प्रवेशमा समेत रोक लगाउन सकिनेछ ।

बेलायतभित्र प्रवेश गर्ने क्रममा यात्रुहरुले ‘बोर्डर फोर्स’ लाई आफू क्वारेन्टाइनमा बस्ने घर, होटल अन्य जुनसुकै ठाउँको भएपनि पूरा ठेगाना उपलब्ध गराउनुपर्नेछ ।

१४ दिनभित्रको अवधिभित्र कुनै पनि समयमा उनीहरु बसेको ठाउँमा निरीक्षणको गरिने र नियमको पालना नगरिएको पाइएमा कारबाहीको भागिदार हुनुपर्नेछ । यसरी क्वारेन्टाइमा बसेको व्यक्तिले कुनै पनि सार्वजनिक यातायातको प्रयोग गर्न तथा किनमेलको लागि बाहिर निस्कन पाउने छैनन् । यदि कसैको बस्ने स्थानको ठेगान नभएमा सरकारद्वारा तोकिएको स्थानमा बस्नुपर्नेछ तर त्यसको खर्च स्वयंले व्यहोर्नुपर्ने बोर्डर फोर्स प्रमुख पौल लिंकोल्नले बताएका छन् ।

तर, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सले आफ्नो छुट्टै व्यवस्था लागू गर्न सक्नेछन् ।

बेलायतको आयरल्याण्ड, द च्यानल आएल्याण्ड, र द आयल्स अफ म्यान बाट बेलायत भित्रनेका लागि भने १४ दिनको क्वारेन्टाइनको नियम लागू हुनेछैन । यसैगरी, लरी ड्राइभर, सिजनल फार्मका कामदार तथा कोरोना भाइरससम्बन्धी स्वास्थ्यकर्मीका हकमा पनि सो नियम नलाग्ने गृहमन्त्री पटेलले बताएकी छिन् ।

प्रत्येक तीन हप्तामा नयाँ नियमको समिक्षा गरेर अगाडी बढ्ने यसअघि नै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित