बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ हजार नाघ्यो

गोर्खा अनलाइन रेडियो

कोरोना भाइरस अपडेट
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३६ हजार ४२ पुगेको छ । गएको २४ घन्टाभित्र बेलायतकोअस्पातालमा थप ३ सय ३८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।

यसैगरी २४ घन्टामा थप २ हजार ६ सय १५ जनामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ५० हजार ९ सय ८ जना संक्रमित भएका छन् । बेलायतमा ३० लाख भन्दा बढीमा कोरोना परीक्षण गरिसकिएको छ । गएको २४ घन्टामा ६७ हजार ६ सय ८१ जनामा परीक्षण गरिएको छ ।

हालसम्म बेलायतमामात्र पाँच दर्जनभन्दा बढी नेपालीहरुको कोरोनाको संक्रमणबाट निधन भैसकेको छ । जसमध्य ५२ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र बाँकी गैर गोर्खाहरु रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

विश्वभरिमा अहिलेसम्म ३ लाख ३१हजार भन्दा बढीको कोरोनाबाट ज्यान गैसकेको छ ।
रातोपाटी / नरेन्द्र बस्नेत

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित