गोर्खा अनलाइन रेडियो

कोरोना भाइरस अपडेट
यसैगरी २४ घन्टामा थप २ हजार ६ सय १५ जनामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ५० हजार ९ सय ८ जना संक्रमित भएका छन् । बेलायतमा ३० लाख भन्दा बढीमा कोरोना परीक्षण गरिसकिएको छ । गएको २४ घन्टामा ६७ हजार ६ सय ८१ जनामा परीक्षण गरिएको छ ।
हालसम्म बेलायतमामात्र पाँच दर्जनभन्दा बढी नेपालीहरुको कोरोनाको संक्रमणबाट निधन भैसकेको छ । जसमध्य ५२ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र बाँकी गैर गोर्खाहरु रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
विश्वभरिमा अहिलेसम्म ३ लाख ३१हजार भन्दा बढीको कोरोनाबाट ज्यान गैसकेको छ ।
रातोपाटी / नरेन्द्र बस्नेत