युनाइटेड नेपाली क्योकुशिन एडभान्समेन्ट कार्कीको नेतृत्वमा

गोर्खा नालाइन रेडियो
लन्डन । विश्वभरी छरीएर रहेका नेपाल क्योकुशिन करातेका पूर्व खेलाडीहरुको संस्था युनाइटेड नेप्लिज क्योकुशिन एडभान्समेन्टको प्रथम अधिवेसन सम्पन्न भएको छ । नलाइन कन्फरेन्स मार्फ़त यहि मे १७, आइतवारका दिन सम्पन्न अधिवेसनबाट संस्थाको अध्यक्ष पदमा भीमसेन कार्की चुनीएका छन ।

करिब एक दशक भन्दा बढ़ी समय क्यानाड़ामा बस्दै आएका कार्की पुराना अन्तरास्ट्रिय खेलाडी हुन । आफ़्नो समयका रास्ट्रिय-अन्तरास्ट्रिय रूपमा किर्तिमानी कार्की क्योकोसिनका ५ डान हुन । अधिवेसनले उपाध्यक्षमा बेलायत निवासी पूर्व अन्तरास्ट्रीय खेलाडी सुरज कार्कीलाई उपाध्यक्षमा चुनेको छ ।

उनी वर्ल्ड च्याम्पियनमा तेस्रो मेडल ल्याउने किर्तिमान सहित ग़ोर्खा दक्षिणबाहु पदकबाट बिभूषित खेलाडी हुन । त्यस्तै गरेर अर्का उपाध्यक्ष सुरज श्रेस्ठ पनि ३ डान अन्तरास्ट्रिय फाइटर हुन । अस्ट्रेलियामा बसोबास गर्दै आएका श्रेस्ठले बिभिन्न किर्तिमन सहित अन्तरास्ट्रिय छवि बनाएका छन ।

कार्यसमितिको महासचिवमा अमेरिका निवासी मोहन बिस्ट , कोषाध्यक्षमा इन्द्रबहादुर मल्ल रहेका छन । त्यसै गरेर बोर्ड मेम्बरहरूमा बहराईनबाट धन बहादुर लामा, आस्ट्रेलियाबाट श्रीराम केसी ,बहराईनबाट ज्ञान बहादुर तमांग तथा बेल्जियम बाट सुदर्शन सिम्खडा निर्वाचित भएकाछन ।

यूएनकाका अनुसार क्योकुशिन करातेका नेपाली खेलाडी विश्वका ७२ रास्ट्रमा छरीएका छन भने हाल अधिवेसन सम्पन्न बोर्डमा १९ जनाको समिति रहेको छ । नेपाली फुल कन्ट्याक्ट करातेको विकास तथा खेलाडीहरुलाई उर्जा दिने उदेस्यले २०१९मा UNKA (United Nepalese Kyokushin Advancement ) को स्थापना भएको यसका संस्थापक उपाध्यक्ष सुरज कार्कीले बताए ।

कराँतेको माध्ययमबाट एकै भएका र हाल सँसारभरी छरीएर रहेका क्योकुशिनका खेलाडीहरुको एक आपसको माया, सम्मान र मित्रतालाई कायम राख्दै, नेपालमा वा विदेशमा यस खेलसँग सम्बन्धित खेलाडी तथा प्रशिक्षकहरुलाई सल्लाह, हौसला र सम्मान दिनु संस्थाको मुख्य उद्देश्य रहेको बताईएको छ ।

कार्कीको पहलमा गत साता कोरोना लकडाउनसंग़ै भारतमा अप्ठेरोमा परेका क्योकोसिन खेलडीलाई आर्थिक सहयोगको पहल भएको थियो । आफ़्नो पालामा रास्ट्रिय तथा अन्तरास्ट्रिय खेल खेल्न धेरै अभाव र असहयोग झेल्न परेको भएता पनि सम्भावना भएका खेलाडिलाई अवसरको खोजी र सहयोग गर्न विश्वभरबाट संघको संजाल लागी पर्ने कार्कीले बताएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित