एनआरएनए ‘प्रवासी प्रवाह’ अनलाइन साहित्य कार्यक्रम शुरु गरिने

गोर्खा अनलाइन रेडियो, लन्डन

गैरआवासीय नेपाली संघको भाषा, साहित्य, सस्कृती तथा सम्पदा प्रबर्द्धन समितीले प्रवासी प्रवाह , अनलाइन साहित्य कार्यक्रम सुरु गर्ने भएको छ । यहि मे १७ अर्थात जेठ ४ गते आइतबार देखि साप्ताहिक अनलाइन साहित्यक कार्यक्रम ” प्रवासी प्रवाह ” को आरम्भ गरिने भएको छ ।

मे १७ आइतबारबाट नेपाल समय बेलुकी ८ बजे देखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्य बाट शुभारम्भ हुने भएको छ । तेस्तै साहित्यकार जिवा लामिछाने ( जर्मनी ),गोपाल रेग्मी (अमेरिका) र उषा शेरचन ( नेपाल ) सङ्ग बिशेष कुराकानी र उहाहरुका रचनाहरु बाचन गरिनेछ ।

समितिका अध्यक्ष हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशिल बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो । समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ । यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्दैछिन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित