गैरआवासीय नेपाली संघलद्वारा भारतीय अतिक्रमणबिरुद्ध हस्ताक्षर संकलन सुरु

गोर्खा अनलाइन रेडियो, लन्डन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भूमी हुँदै चाइना पुग्ने भारतले खनेको मार्गको बिरुद्ध पिटिशन दर्ता गर्न अनलाइन हस्ताक्षर संकलन सुरु गरेको छ ।

३१ मे सम्म जम्मा भएका हस्ताक्षरलाइ जुन आगामी जुन १ तारिखका दिन सम्पूर्ण भारतीय दुतावास, मिशन र संबन्धित निकायमा बुझाइने छ । भारतीय अतिक्रमणविरुद्ध उक्त हस्ताक्षर संकलन कार्य सुरु गरिएको हो ।

हस्ताक्षर संकलनको लागि सम्पूर्ण राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदले पहल गर्नेछन ।संकलित सम्पूर्ण प्रतिहरुलाई अन्तराष्ट्रिय परिषदले ५ जुन २०२० मा भारतीय राजदूतावास काठमाण्डौ, नेपाल सरकारका गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत बुझाउने छ ।

थप जानकारी र हस्ताक्षरको लागि तलको लिंकमा क्लिक गर्दै हस्ताक्षर समेत गर्नुहुन सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई संघका अध्यक्ष कुमार पन्तले अनुरोध गरेका छन् । हस्ताक्षरको लागि यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित