गोर्खा अनलाइन रेडियो, लन्डन
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भूमी हुँदै चाइना पुग्ने भारतले खनेको मार्गको बिरुद्ध पिटिशन दर्ता गर्न अनलाइन हस्ताक्षर संकलन सुरु गरेको छ ।
३१ मे सम्म जम्मा भएका हस्ताक्षरलाइ जुन आगामी जुन १ तारिखका दिन सम्पूर्ण भारतीय दुतावास, मिशन र संबन्धित निकायमा बुझाइने छ । भारतीय अतिक्रमणविरुद्ध उक्त हस्ताक्षर संकलन कार्य सुरु गरिएको हो ।
हस्ताक्षर संकलनको लागि सम्पूर्ण राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदले पहल गर्नेछन ।संकलित सम्पूर्ण प्रतिहरुलाई अन्तराष्ट्रिय परिषदले ५ जुन २०२० मा भारतीय राजदूतावास काठमाण्डौ, नेपाल सरकारका गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत बुझाउने छ ।
थप जानकारी र हस्ताक्षरको लागि तलको लिंकमा क्लिक गर्दै हस्ताक्षर समेत गर्नुहुन सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई संघका अध्यक्ष कुमार पन्तले अनुरोध गरेका छन् । हस्ताक्षरको लागि यहाँ क्लिक गर्नुहोला ।