बेलायतमा कोरोनाको संक्रमणबाट ६३ जना नेपालीहरुको निधन

नरेन्द्र बस्नेत/ राटोपाटी

कोरोना भाइरस अपडेट
लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको संख्या ६३ पुगेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारी अनुसार शुक्रबार बिहानसामको तथ्याँक अनुसार बेलायतमा ६३ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी भैसकेको हो ।

मृत्यु हुनेहरुमा ५२ जना पुरुष र ११ जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५२ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ ।

हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राई रहेकी छन् । निधन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् । तेस्तै गैर आवासीय नेपाली संघ यूकेले अप्रिल १३ तारिखसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ जसअनुसार ६१ जनाको कोरोनाको संक्रमणबाट निधन भएको छ भने ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको बताएको छ ।

कोरोना संक्रमणका कारण १ सय १५ जना अस्पताल भर्ना भएको र १७ जना नेपालीहरु अहिले अस्पतालमा उपचार गराइरहेको तथ्याङ्कमा उल्लेख छ । एनआरएन यूकेको पछिल्लो तथ्याँकको बारेमा चाडै नै जानकारी गराउने एनआरएन यूके हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले बताए ।

एनआरएन यूके हेल्पलाइनद्वारा हप्तामा एक वा दुइपटक सम्म कोरोना संक्रमित बेलायतवासी नेपालीहरुको तथ्याँक सार्वजनिक गरिंदै आएको छ । तेस्तै बिहीबार दिउँसोसम्म बेलायतमा कुल ३३ हजार ६ सय १४ जानाको कोरोनाको संक्रमणका कारण ज्यान गइसकेका छ भने विश्वभरिमा तीन लाख भन्दा बढीको ज्यान गैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित