अफ्रिकाको सिसेल्समा निधन भएका एक नेपालीको अन्त्यष्ठी सम्पन्न

गोर्खा अनलाइन रेडियो, लन्डन

अफ्रिकाको सिसेल्समा निधन भएका स्व ज्ञानेन्द्र श्रेष्ठ
अफ्रिकी मुलुक सिसेल्समा हृदय घातका कारण गत मार्च २२ का दिन मृत्यु भएका ज्ञानेन्द्र श्रेष्ठको अन्त्यष्ठी कार्यक्रम सम्पन्न भएको छ । मृतक सुनसरी जिल्ला, बराहा नगरपालिका चतराका स्थायी निवासी हुन् । उनी जुन २०१५ देखी सिसेल्समा अवस्थित सनसाइन प्रोपेर्टि प्राइभेट कम्पनिमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए ।

ड्युटी सकेर घरमा आएका श्रेष्ठ नुहाउन बाथरुम पसेका थिए । एक्कासी बाथरुममा आवाज आएपछि गएर हेर्दा ढलेको अवस्थाम भेटेको र बाहिर निकाल्दा उनको मृत्यु भैसकेको संगै काम गर्ने साथीहरुले बताएका थिए । तत्कालै प्रहरी तथा एम्बुलेन्सलाई खबर गरेपछि मृतकलाई अस्पताल लागिएको र हृदयघातका कारण निधन भएको पोष्टमार्टमा रिपोर्टमा उल्लेख गरिएको थियो ।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मृतकको दाहसंस्कार हिन्दू संस्कार बमोजिम स्थानीय सिसेल्समा नै गरिएको हो । कोभीड १९ को महामारीका कारण लकडाउनले गर्दा उनको शवलाई नेपाल पुर्याउन नसकिएकोले दूतावास र उनको परिवारको सहमतिमा नै उनको दाहसंस्कार गरिएको हो ।

यसअघि पनि गत वर्ष सन् २०१९ मा पनि नवलपुरका सिम बहादुर गुरुंगको पनि कम्पनि र परिवारको सहमतिमा सिसेल्स्मा नै अन्त्यष्ठी गरिएको थियो । मुसाबाट सर्ने रोगबाट उनको निधन भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित