नेपाली चेली कन्चन अमात्यलाई मानवता सेवा पुरस्कार

गोर्खा अनलाइन रेडियो

कन्चन अमात्यलाई बेलायती राजपरिवारबाट विशेष सम्मान
लण्डन । हाल अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले बेलायतको राजपरिवारबाट प्रदान हुने प्रतिष्ठित सम्मान प्राप्त गरेकी छन् । काठमाडौं जावलाखेल स्थायी घर भएकी कन्चन अमात्यलाइ बेलायती शाही परिवारबाट मानवता सेवा पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको लागि अमात्य २० उत्कृष्ट युवाहरूको छनौटमा परेकी थिइन् ।

सामाजिक सेवामा गरिएको कामको मूल्यांकन गर्दै प्रदान गरिने उक्त पुरस्कार अमात्य लगायत अन्य १९ वटा राष्ट्रका व्यक्तिहरुलाई प्रदान गरिएको छ । बेलायत,क्यानाडा,मलेसिया,नाईजेरिया,तान्जेनिया र भारत लगायतका व्यक्तिहरुले सो पुरस्कार प्राप्त गरेका छन् । सामाजिक सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेबापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

बेलायती शाही परिवारबाट एक प्रतिष्ठित पुरस्कारको रुपमा मानिने यस पुरस्कारलाई ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर सहभागी पुरस्कार समारोहमा वितरण गरिएको थियो । कन्चनको पुरस्कार उनकी आमा कृष्ण अमात्यले ग्रहण गरेकी थिइन् ।

यस्तो सम्मान प्राप्त गर्ने उनी सम्भवत पहिलो नेपाली युवा हुन् । अमात्यले गत वर्ष सन् २०१९ मा पनि ‘डायना अवार्ड रोल अफ अनर’ को सम्मान पाइसकेकी छन् । नेपाली लिंक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित