गोर्खा अनलाइन रेडियो

कन्चन अमात्यलाई बेलायती राजपरिवारबाट विशेष सम्मान
सामाजिक सेवामा गरिएको कामको मूल्यांकन गर्दै प्रदान गरिने उक्त पुरस्कार अमात्य लगायत अन्य १९ वटा राष्ट्रका व्यक्तिहरुलाई प्रदान गरिएको छ । बेलायत,क्यानाडा,मलेसिया,नाईजेरिया,तान्जेनिया र भारत लगायतका व्यक्तिहरुले सो पुरस्कार प्राप्त गरेका छन् । सामाजिक सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेबापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।
बेलायती शाही परिवारबाट एक प्रतिष्ठित पुरस्कारको रुपमा मानिने यस पुरस्कारलाई ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर सहभागी पुरस्कार समारोहमा वितरण गरिएको थियो । कन्चनको पुरस्कार उनकी आमा कृष्ण अमात्यले ग्रहण गरेकी थिइन् ।
यस्तो सम्मान प्राप्त गर्ने उनी सम्भवत पहिलो नेपाली युवा हुन् । अमात्यले गत वर्ष सन् २०१९ मा पनि ‘डायना अवार्ड रोल अफ अनर’ को सम्मान पाइसकेकी छन् । नेपाली लिंक