भारतीय अतिक्रमण विरुद्ध एनआरएनए अमेरिकाज क्षेत्रका मानार्थ परिषद सदस्यहरुको बैठक,

गोर्खा अनलाइन रेडियो, लन्डन

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका मानार्थ परिषद सदस्यहरुको पहिलो बैठक क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले कोभिड १९ बाट भएको असर र के कस्ता गतिबिधि गर्न सकिन्छ भनेर सुझाव संकलन गर्नुका साथै स्वदेश फिर्ता जानेहरुको बिषय संभव, सान्दर्भिकता र संस्थागत अन्य गतिबिधिका कुराहरुमा छलफल भएको थियो ।

बैठकलाइ गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविना थापाले संघका पछिल्ला गतिबिधिबारे जानकारी गराएकी थिइन् । उनले मध्यपूर्वमा रहेका महिलाहरुलाई फिमेल हाइजिनसंग संबन्धित सामाग्रीहरुको अभाव भएको र त्यसका लागि सहयोग गर्ने पहल गर्दै गरेको बताएकी थिइन् । यसबाहेक लक्डाउन र शेल्टर इन प्लेसले डोमेस्टिक भायोलेशन बढेकोले आइसीसी महिला संयोजकको संयोजनमा थप गतिबिधि गर्न प्रयास गरिएको जानकारी गराइन ।

त्यसैगरी संघका सचिव गौरी जोशीले कोभिड १९ सँग संबन्धित कुरा, सपोर्ट र एनसीसीको पहल अनि आपसमा मिलेर जाने कुराको जानकारी गराए । बैठकमा उठेका थुप्रै विषलाई जवाफ दिनुका साथै बिशेष गरि गैरआवासीय नेपाली नागरिकता, कोभिड १९ राहत, संस्थाका अन्य गतिबिधि र नेपाल सरकारसंगको समन्वयका बारेमा जोशीले उल्लेख गरे ।

बैठकमा आइसीसी सल्लाहकार हरिबोल भण्डारीले नेपाल सरकारले बोल्नु भन्दा एक कदम पहिला नेपाली भूमीकाबारे आवाज उठाएर सहि काम गरेको र यसका लागि गैरआवासीय नेपाली संघलाइ धन्वावाद ज्ञापन गरेका थिए ।

आरसी राजन त्रिपाठीले राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय परिषद बिचको संबन्ध, कोभिड १९ संबन्धि अरु प्रयास र संयोजन संबन्धि एनसीसी र आइसीसीसंग मिलाएर जाने कुरा, नेपाल फर्कन चाहनेहरुको लागि थप पहल गर्ने कुरा, क्षेत्रको गतिबिधिका साथै भारतको नेपाली भूमिमाथि अतिक्रमण संबन्धि प्राप्त आइसीसीको पत्रलाइ समेटेर के गर्न सकिन्छ त्यो प्रयास गर्ने कुरा बताए ।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद उपाध्यक्ष रबिना थापा, सचिव गौरी जोशी, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्य तृष्णा शर्मा, शंकर खड्क, प्रमोद सिटौला, आइसीसी सल्लाहकार हरिबोल भण्डारी, आइसीसी सल्लाहकार तथा नेपाल सरकारका महावाणिज्यदुत एशी शेर्पाको सहभागीता रहेको थियो ।

त्यसैगरी, बेदराज बस्नेत, प्रमिला बस्नेत, अभिम्यू बस्नेत, कृष्ण के सी, कृष्ण लामिछाने, प्रतिक पाण्डे, प्रेम श्रेष्ठ, राधेश पण्डित, उत्तम लामिछाने, पिताम्बर भट्टराई, चन्द्र राइ, भारत अर्याल, गोपी कृष्ण काफ्ले, धुण्डिराज पाण्डे, पुरु ढकाल, रबिन्द्र घिमिरे समेतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय परिषद क्यानाडा (एनसीसी) का अध्यक्ष चिरन्जीवी घिमिरे, एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्षहरु कृष्ण जिबी पन्त, बिद्धि सुबेदी, सर्बग्य वाग्ले पनि आ-आफ्ना धारणा व्यक्त गरेका थिए । बैठकमा सहभागी हुनेहरुले भारतले नेपालको लिपुलेक हुँदै चिन सम्म नेपाली भूमी मिचेर गरिएको राजमार्गको बिरोध गरे । बैठकका सहभागीहरुले राष्ट्रिय समन्वय परिषद मार्फत राजदूतावासमा अनलाइन पिटिशन गर्ने जस्ता सुझाव पनि दिएका थिए।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित