बेलायतमा कोरोनाको संक्रमणबाट ६० जना नेपालीहरुको निधन

नरेन्द्र बस्नेत / रतोपाटी

कोरोना भाइरस अपडेट
लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको संख्या ६० जना पुगेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारी अनुसार सोमबार सांझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी भैसकेको छ । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् ।

सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेको छन् । अहिलेसम्म ४९ जना पूर्व गोर्खा सैनिक तथा ११ जना गैर गोर्खाहरु रहेका छन् । तेस्तै २० जनाको लन्डनभित्र र बाँकी ४० जनाको लन्डनभन्दा बाहिरका स्थानमा निधन भएको दूतावासले जनाएको छ । मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् ।

नेपाली दूतावास लन्डन र गोर्खा वेल्फेयर ट्रष्ट, भूतपूर्व गोर्खाका संघसंस्था लगायतको संयुक्त प्रयासमा उक्त तथ्याँक सार्वजनिक गरिएको हो । विश्वभरिमा हालसम्म कुल ८७ जना नेपालीहरुको कोरोनाको कारण ज्यान गैसकेको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएले जनाएको छ । कोरोनाबाट सबैभन्दा बढी निधन हुने मुलुकमा बेलायत अमेरिकापछि दोस्रो स्थानमा छ भने युरोपीयन मुलुकमा पहिलो स्थानमा रहेको छ ।

हालसम्म बेलायतमा मात्र कोरोनाको संक्रमणबाट ३२ हजार भन्दा बढीको निधन भैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित