बेलायती प्रधानमन्त्रीद्वारा लकडाउन सम्बन्धि शर्तसहितको घोषणा

नरेन्द्र बस्नेत/राटोपाटी
लण्डन । करिब सात हप्तादेखि लकडाउनको सास्ती लण्डन – करिब सात हप्तादेखि लकडाउनको सास्ती खेपिरहेका बेलायतवासीहरुले आइतबार साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्वारा गरिने भनिएको सम्बोधन भाषणलाई निकै महत्वकासाथ प्रतिक्षा गरेका थिए ।

लकडाउनबाट मुक्त भएर स्वतन्त्र रुपमा जीवनयापन गर्ने धेरैको सपना थियो । तर, प्रधानमन्त्रीको सम्बोधनमा खासै ठूलो परिवर्तन नभई शर्तसहितका केहि आश्वासनहरु मात्र प्राप्त भए । १५ मिनेट लामो टेलिभिजन भाषणमा कोरोनाको महामारीबाट ब्रिटेन मुक्त हुनेछ तर यसबाट सावधानी अपनाउनुपर्ने बताउंदै समाजिक गतिविधिलाई केहि खुकुलो पार्ने खालका मार्गचित्र प्रस्तुत गरेका थिए ।

लकडाउनलाई खुकुलो पार्न तथा कोरोनाको संक्रमणलाई नियन्त्रण गर्नको लागि केहि सामाजिक गतिविधिलाई सहज पारिदिएका छन् भने सरकारद्वारा लागू गरिएको नियमको उलंघन गर्नेलाई कडा जरिवानाको समेत व्यबस्था गरिएको छ । प्रधानमन्त्रीको सम्बोधनमा विशेषगरि निम्न विषयलाई जोड दिईएको छ ।

क – यदि घरमा बसेर सम्भव नहुने काममा जान सकिने तर सम्भव भएसम्म सार्वजनिक सवारी साधनको प्रयोग नगर्ने

ख – आउँदो बुधबारबाट परिवारका सदस्यलाई बाह्य शारीरिक व्यायामका लागि पूर्ण रुपमा छुट

ग – सामाजिक दुरीको पालना गर्दै आउँदो बुधबारदेखि घाम ताप्न, (सनवाथ) गल्फ, टेनिस लगायत नदि तथा तालहरुमा जान पाउने

घ – बाहिरबाट बेलायत आउनेहरुको लागि चाडैं नै १४ दिनको अनिवार्य क्वारेन्टाइनको व्यबस्था लागू गरिने

ङ – नियम उलंघन गर्नेको लागि बढीमा ३ हजार २ सय पाउण्डसम्म जरिवाना गरिने

कोरोनाको संक्रमण दर घट्दै गएमा दोस्रो चरणको मार्गचित्रको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् । जसअनुरूप आउँदो जुन महिनादेखि पसल तथा केहि प्राइमरी स्कुलको संचालन गरिने बताएकाछन् । त्यस्तै तेस्रो चरणमा आउँदो जुलाई महिनाबाट हस्पिटालिटी क्षेत्रलाई पनि सुचारु गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।

सोमबार हुने पार्लियामेन्ट बैठकमा विस्तृत रुपमा जानकारी गराइने प्रधानमन्त्री जोन्सनले बताएका छन् । स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले लकडाउनलाई परिवर्तन गर्ने बारेमा केहि उल्लेख गरेका छैनन् । तेस्तैगरी यस अघि जारी गरिएको ‘स्टे होम सेभ एनएचएस’ (घरमै बस्नुहोस् एनएचएस लाई जोगाउनुहोस) भन्ने नारालाई ‘स्टे अलर्ट’ (सतर्क रहनुहोस्) मा परिवर्तन गरिएको छ ।

अब उप्रान्तको लागि ‘स्टे अलर्ट, (सतर्क रहनुहोस्), कन्ट्रोल भाइरस (भाइरस नियन्त्रण गर्नुहोस्) र सेभ लाइभ्स’ (जीवन बचाउनुहोस्) भन्ने नयाँ नारा सार्वजनिक गरेका छन् । तर, कतिपयले उनको यस नारालाई हाँस्यास्पद भन्दै यसको अर्थ नै नबुझेको भनेका छन् । स्कटल्याण्डकी प्रधानमन्त्री निकोला स्टरजनले पनि ‘स्टे अलर्ट’ को मतलब नबुझेको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनप्रति आक्रोश व्यक्त गरेकीछन् ।

अहिलेसम्म बेलायतमा कोरोनाको संक्रमणबाट युरोपीयन मुलुकभरिमै सबैभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । आइतबार दिउँसोको सार्वजनिक तथ्याँकअनुसार बेलायतमा कुल ३१ हजार ८ सय ५५ जनाको कोरोनाको कारण निधन भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित