गोर्खा अनलाइन रेडियो, लन्डन
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङद्वारा सहयोग गरिएको स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङबाट सहयोग गरिएको स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु आइआर थर्मामिटर ५० थान र केएन नाइन्टी फाइव मास्क ४ हजार थान नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक समारोहवीच हस्तान्तरण गरिएको छ।
सो हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका निर्देश भोगेन्द्र राज डोटेललाई हस्तान्तरण गरिएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठको समेतको सहभागीता रहेको थियो।
यसै सन्दर्भमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङलाई हार्दिक आभार प्रकट गरेका छन् ।





