एनआरएनए हङकङबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण

गोर्खा अनलाइन रेडियो, लन्डन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङद्वारा सहयोग गरिएको स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङबाट सहयोग गरिएको स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु आइआर थर्मामिटर ५० थान र केएन नाइन्टी फाइव मास्क ४ हजार थान नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक समारोहवीच हस्तान्तरण गरिएको छ।

सो हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका निर्देश भोगेन्द्र राज डोटेललाई हस्तान्तरण गरिएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठको समेतको सहभागीता रहेको थियो।

यसै सन्दर्भमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङलाई हार्दिक आभार प्रकट गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित