बेलायतमा कोरोनाको संक्रमणबाट अर्का पूर्वगोर्खा सैनिकको मृत्यु

रातोपाटी

कर्ण बहादुर राई,७७
लन्डन । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतको मेईडस्टोनस्थित मेईडस्टोन अस्पतालमा ७७ वर्षीय कर्ण बहादुर राईको उपचारको क्रममा निधन भएको हो ।

ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका स्थायी घर भएका मृतक राई छोरा र छोरीज्वाईंका साथ बेलायतमा बस्दै आएका थिए । कुनै गम्भीर समस्या नदेखिएका राईले पछिल्लो समयमा टाउको दुख्ने समस्याका कारण सिटामोलको सेवन गर्दै घरमा नै बसेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लागिएको थियो ।

फोक्सोमा भएको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखिएको भएपनि उपचारकै क्रममा उनको निधन भएको अस्पतालबाट जानकारी गराइएको थियो । उनलाई कोरोनाको पुष्टि भएको जानकारी पनि अस्पतालबाट नै दिइएको थियो ।

हालसम्म बेलायतमा कोरोनाबाट ५२ जना नेपालीले ज्यान गुमाइसकेकाे एनआरएनए युकेले जनाएको छ । जसमा धेरैजसो भूपू गोर्खा सैनिक रहेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित