बेलायत प्रवेश गर्नेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, नियम नमान्नेलाई एक हजार पाउण्डसम्म जरिवाना

नरेन्द्र बस्नेत / राटोपाटी
लन्डन । विश्वभर फैलिएको कोरोना (कोभिड १९) को महामारीका कारण थप संक्रमण हुन् नदिन बेलायत सरकारले अन्य मुलुकहरुबाट यहाँ भित्रिनेहरुको लागि १४ दिनको अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था लागू गर्ने भएको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने युरोपियन मुलुकहरुमा बेलायत अग्र पंक्तिमा रहेको छ । करिब ६ हप्ता लामो लकडाउन अवधि सकिन लाग्दा पनि कोरोनाको संक्रमण र यसबाट हुने मृत्युदरमा खासै कमि आउन सकेको छैन ।

बेलायतले कोरोना संक्रमणको पहिलो चरणको उत्कर्ष विन्दु पार गरिसकेको भएपनि दोस्रो चरणको संक्रमण दोहोरिन नदिन सरकारले विभिन्न खालका नयाँ नीतिहरु अवलम्बन गर्दै आएको छ । बाहिरबाट बेलायत प्रवेश गर्ने यात्रुहरुले एअरपोर्ट लगायत सीमा नाकाहरुमा आफ्नो स्पष्ट ठेगाना उल्लेख गर्नुपर्ने छ, जहाँ उनीहरुले १४ दिनको सेल्फ क्वारेन्टाइन पूरा गर्नुपर्नेछ । उक्त नयाँ नीतिको उलंघन गरेको खण्डमा एक हजार पाउण्डसम्म जरिवाना गरिनुका साथै सम्बन्धित मुलुकमा फिर्ता पठाउन सकिने प्रावधान रहेको छ ।

यही मे महिनाको अन्त्यबाट लागू गरिने भनिएको यस नयाँ नियम अनुसार सेल्फ क्वारेन्टाइनमा रहेकाले घरबाट बाहिर निस्कन पाउने छैनन् । बेलायतको नेशनल हेल्थ सर्भिस ( एनएचएस) लाई सुरक्षित गर्न र जीवन जोगाउनको लागि घरमै बस्ने नीति अनिवार्य रहेको होम अफिसका प्रवक्ताले बताएका छन् ।

ब्रिटिश एअरवेज, इजी जेट लगायत बेलायतमा संचालित एअरलाइन्सहरुको प्रतिनिधित्व गर्दै आएको संगठन ‘एअरलाइन्स यूके’ ले १४ दिनको अनिवार्य सेल्फ क्वारेन्टाइनले उड्डयन क्षेत्र र अर्थतन्त्रलाई असर पार्नसक्ने बताएको छ । यस सम्बन्धी थप जानकारी सरकारको तर्फबाट आउन बाँकी भएकोले प्रतिक्षामा रहेको सो संगठनले बताएको छ ।

सरकारको नयाँ नीति अनुरुप कोहि पनि होलिडे जान नसक्ने बताइएको छ । ‘एअरपोर्ट अपरेटर एसोसिएसन (एओए) कार्यकारी निर्देशक करेन डी का अनुसार यात्रुहरुलाई लागू गरिने भनिएको १४ दिनको क्वारेन्टाइनको बारेमा आफ़ूलाई कुनै औपचारिक जानकारी आइनसकेको बताएकी छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित