महामारी विरुद्ध जनचेतना फैलाउन फिटनेस च्यालेन्ज

गोर्खा अनलाइन रेडियो

लण्डन, ४ मे (जीएनएन) — बेलायतस्थित नियमित दौड र पार्क रनमा लागेका नेपालीहरुको समूह नेपाल रन र नेपालसम्म दौड र स्वास्थ्य सम्बन्धि चेतना फैलाउंदै आएको धरान रन समूहले शारीरिक तन्दुरुस्ती सम्बन्धि चेतना फैलाउने उद्देश्यले फिटनेस च्यालेन्ज सुरु गरेका छन् ।

च्यालेन्जको मुख्य उद्देश्य खानपिन र आधुनिक जीवनशैलीले निस्क्रिय हुँदै गएको शारीरिक क्रियाकलापलाई सुचारु राखेर तन्दुरुस्त रहन र रोगसंग लड्ने क्षमता विकास गर्न दैनिक ब्यायाम गर्ने संस्कारको विकास गर्नु रहेको यसका एक अभियन्ता सन्तोष राईले बताए । राई विश्वभरका ६ म्याराथन सबै भन्दा कम समयको अन्तरालमा दौडन सफल प्रथम नेपाली हुन् ।

आजको आधुनिक दुनियामा हाम्रो खानपिन र रहन सहनका कारण डाएबिटिज, ब्लड प्रेसर, मुटु रोग, मोटोपना जस्ता विभिन्न समस्याले सताउने गरेका छन् । कोरोना भाइरसको संक्रमणको क्रममा पनि ४-५ जना नेपालीहरुको त हृदयाघातले प्राण नै लिएको छ । “शारीरिक रुपमा तन्दुरुस्त रहे रोग लाग्ने सम्भावना कम हुन्छ र साना तिना समस्या पनि हट्छन्,” विश्वका प्रमुख म्याराथनहरुमा भाग लिइसकेका पाण्डव महतोले भने ।

उनले आफु निरन्तर दौडेर नै क्यान्सर रोगबाट पूर्णतया मुक्त हुन सकेको बताए । एक जनाले १० जनालाई शारीरिक अभ्यास गरेर फोटो या भिडियो राख्न प्रेरित गर्ने र थोरैमा १० पाउण्ड/१० डलर या मुट्ठी दानको रुपमा कोरोना संक्रमणको सहयोग कोषमा जम्मा गरेर ‘परोपकार संस्कार’ पनि विकास गर्नु यसको उदेश्य रहेको अर्का अभियन्ता पत्रकार जगन कार्कीले बताए । थोरैमा १० पाउण्ड र बढी डोनेट गर्न चाहनेहरुको हकमा कुनै लिमिट नराखिएको कार्कीले बताए ।

कोषमा जम्मा भएको रकम नेपालमा कोरोना संक्रमण रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पीपीई र कोरोना टेस्ट किट किन्नको लागि आवश्यक परेका स्थानहरुमा धरान रन समूहको आधिकारिक संजाल मार्फत उपलब्ध गराइने बताइएको छ । विगत ६ वर्ष देखि निरन्तर पार्क रनमा लागेर आफु सुगरको बोर्डर लाइनमा रहेको बेला नियमित दौडबाट तन्दुरुस्त रहन सफल भएको निलु राई देवानले बताइन् ।

“आफ्ना परिवार, समाज सबै जनाको सुस्वास्थ्यको कामना गर्ने मात्र हैन, नियमित ब्यायाम गर्न प्रोत्साहन गर्नु नै पुण्य हो, धर्म हो । यसर्थ दैनिक ब्यायाम गरेर तन्दुरुस्त रहन तथा इम्युनिटी बढाउन यो अभियान विश्वभर रहेका नेपालीका घरघरसम्म पुराउन जरुरी छ,” उनले भनिन् । कसरी सहभागी बन्ने यो च्यालेन्जमा ?

१. शारीरिक तन्दुरुस्ती अभ्यास गरेको फोटो या भिडियो सामाजिक संजालमा राख्ने – (यसको उद्देश्य देखाउन नभएर अरुलाई प्रेरित गर्नु हो) ।
२. दशजना आफन्त, साथीहरुलाई त्यसै गर्न नोमिनेट गर्ने । (उद्देश्य हरेक घर-परिवार सम्म यो अभियान पुर्याएर सबै स्वास्थ्य रहन प्रेरित गर्ने )
३. कम्तिमा सानो रकम २ अन्जुली मुट्ठी दान याने की मात्र £१० पाउण्ड, १०० रुपैयां, १० डलर, १० रिंगीट – भाट , १० येन , १० दिनार या १० पैसा भए पनि सहयोग गर्ने ( बढीमा १० अंकले गुणन हुने जति रकम पनि गर्न सकिने )

डोनेसनको लागि तलका ३ ओटा विकल्पहरु प्रस्तुत गरिएको छ :
१. कुनै पनि देशबाट रकम संकलन गरेर नेपाल पठाउन नेपालको नम्बर : AC NO : 216000317001, Dharan Run Samuha – Rastiya Banjiya Bank – Dharan
२. बेलायतमा स्थानीय बैंक ट्रान्सफर गर्न सकिने बैंक डिटेल : Nepal Run org , SC : 40-42-08 , Ac no : 12500140 ३. विश्वभरबाट पेपल या कार्डबाट अनलाइन डोनेसनको लागि यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित